साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन २८।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गाउँकमिटिको पूर्ण बैठक मंगलवार ग्वालीचौरमा सम्पन्न भएको छ।
बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य शुनिल शेरचनले पार्टीको केन्द्रिय कमिटि तथा प्रदेश कमिटिले गरेको निर्णय जानकारी गराउँदै निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यस्तै नेकपा प्रदेश कमिटि सदस्य तथा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले कम्युनिष्ट पार्टीको सरकारले गरेको कामको वारेमा जानकारी गराउँदै सबै कार्यकर्तालाई उत्साहपूर्वक पार्टी तथा विकास निर्माणमा लाग्न निर्देशन दिनुभएको थियो।
जिल्ला कमिटिले तय गरेको ३ महिने अभियानका वडिगाड इन्चार्ज तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले अभियानको जानकारी गराउँदै सदस्यता नविकरण तथा भेला वैठक तोकिएकै समयमा गर्न अनुरोध गर्दै निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो। नेकपा जिल्ला कमिटि सदस्य तथा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बडिगाड गाउँपालिकामा भएको विकास र कार्यक्रमको सन्दर्भमा जानकारी गराउनुभएको थियो।
बैठकमा वडा नं. १ बाट वडा कमिटि अध्यक्ष रेम बहादुर भुजल, वडा नं. २ बाट वडा कमिटि अध्यक्ष विष्णु अर्याल, वडा नं. ३ बाट वडा कमिटि अध्यक्ष लोक बहादुर घर्ति, वडा नं. ४ बाट वडा कमिटि अध्यक्ष अनराम छन्त्याल, वडा नं. ५ बाट गाउँकमिटि सदस्य बेद प्रसाद घिमिरे, वडा नं. ७ बाट वडा कमिटि अध्यक्ष खगेन्द्र वुढा, वडा नं. ८ बाट वडा कमिटि अध्यक्ष भिम बहादुर काउचा, वडा नं. ९बाट वडा कमिटि अध्यक्ष पान बहादुर केसि र वडा नं. १० बाट वडा कमिटि अध्यक्ष गुञ्जमान वुढाले रिपोटिङ गर्नुभएको थियो।
बैठकले पार्टी केन्द्रले तयार गरेको पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान चैत्र १ गते देखि संचालन गर्ने, चैत्र ५ गते भित्र वडा कमिटिको वैठक सम्पन्न गर्ने, १० गते भित्र टोल कमिटि गठन गर्ने, २० गते भित्र टोलकमिटि बैठक आयोजना गर्ने, १५ गते पार्टीको आयोजनामा बडिगाडमा निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वको विचमा अन्तरसम्बाद कार्यक्रम सञ्चालन गर्ने, एकिकृत पार्टी सदस्यता तत्कालै नविकरण गर्ने लगाएतका निर्णय गरेको छ।
सो अभियान सञ्चालनको लागि प्रत्येक वडामा वडा इन्चार्ज खटाउने निर्णय गरेको छ। जसअनुसार वडा नं. १ मा विना थापा, वडा नं. २ मा ढालेन्द्र शेरचन, वडा नं. ३ मा झविन्द्र बुढा, वडा नं. ४ मा मिलन रेश्मी, वडा नं. ५ मा तिर्थमणि भुसाल, वडा नं. ६ मा नर बहादुर खत्रि, वडा नं. ७ मा राजन पाइजा, वडा नं. ८ मा यम बहादुर श्रीस, वडा नं. ९ मा विर बहादुर परियार, र वडा नं. १० मा बसन्त थापा रहनुभएको छ।
त्यस्तै पार्टी अध्यक्ष गुणानिधि घिमिरेको संयोजकत्वमा ५ सदस्यिय नमुना कृषि फर्म सञ्चालन सम्भाव्यता अध्ययन समिति गठन गरेको छ। जसको सदस्यमा कार्यालय सदस्यहरु कमल घिमिरे, नारायण धिताल, दिनेश शर्मा र बसन्त थापा रहनुभएको छ। बैठक गाउँकमिटि अध्यक्ष गुणानिधि घिमिरेको अध्यक्षता, कार्यालय सदस्य कमल घिमिरेको स्वागत मन्तव्य तथा सचिव बसन्त थापाको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend