साझा नेटवर्क
काठमाडौं, श्रावण २० ।
मकालु एयरको विमान हुम्लामा दुर्घटना हुँदा विमान चालक साङ्गे लामा र प्रशान्त शाह गम्भीर घाइते भएका छन् । हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको विमान अपराह्न ३:३० बजे सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा नदी किनारमा खसेको थियो। सिंगल इन्जिन विमानको इन्जिनमा खराबी आएपछि फोर्स ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको हो ।

विमान नदीमा खसे पनि चालकद्वय लामा र शाह भने बाँच्न सफल भएका छन् । दुवैलाई सिम्रिक हेलिकम्पटरबाट उद्धार गरी सिमीकोट अस्पतालमा उपचार भइरहेको छ । विमान हुम्लामा सामान पुर्याएर रित्तै फर्किरहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend