साझा नेटवर्क
मोहन बिरही सिपालि, काठमाण्डौ फागुन २४ ।
लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा बाग्लुङ जिल्ला दोरपाटन नगरपालिका ढोरपाटनमा जन्म्नु भएका गायक तथा मोडेल सन्चारकर्मि दिपक घर्ती मगर, सुनिता बुढा क्षेत्रीको आवाजमा सजिएको लोकदोहोरी गीत “गाउँले हामी त” गीतको भिडियो दोरपाटन मिडिया मार्फत सार्वजनिक भएको छ ।
गाउँ घर बन पाखा लेख बेशि उकाली ओहोराली भञ्ज्याङ् चौतारी रमाउदै आतो ढिदो खाएको गाउँले परिवेश गीतमा समेटिएको छ । प्रकाश कुवरको शब्द संगीत प्रकाश पराजुली एरेन्ज तिलक वलिको रहेको छ । प्रकाश खद्काको छायाँकन राज कुमार मगरको निर्देशन तथा सम्पादनमा भिडियो तयार गरिएको छ । “गाउँले हामी त” गीतको उक्त गितको म्युजिक भिडियोमा अभिनय प्रकाश कुवर र चाहाना राना मगरको रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend