logo
  • शुक्रबार, असोज ९ २०८३

अञ्जु पन्तको स्वरमा ‘एक्लै छु म’ (सार्वजनिक भिडियोसहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गीता अधिकारी,काठमाडौं फागुन २३ ।

लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा लोकप्रिय नायिका वर्षा राउत र नायक राम बाबुलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।

एविएस म्युजिक प्रा।लि।को प्रस्तुति रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोतारदर्शकमाझ ल्याएका छौ, आशा छ सबैको मन जित्ने छ’, निर्देशक देवेन्द्रले भने ।

भिडियो-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend