logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ गुल्मीद्वारा प्रधानमन्त्री ओलिको स्वास्थ्य लाभको कामना


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश गैरे, गुल्मी फागुन २१ ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ गुल्मीले प्रधानमन्त्री खडक प्रसाद ओलिको स्सास्थ्य लाभको कामना गरेको छ । आज विहान ९ बजे बाट प्रधानमन्त्री मन्त्री ओलिको दोस्रो पटकको मृगौला प्रत्यारोपणको प्रक्रिया शुरु भएको छ। एक औपचारिक कार्यक्रमनै आयोजना गरि सँघले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको हो ।

संघका अध्यक्ष सागरमणि खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख नारायण अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी इन्जिनियर अरुण वैदवार, सुपरभाइजर माहाविर नायक, आधिकारिक ट्रेड युनियन राकयु गुल्मी का अध्यक्ष नातायण थापाको बिशेष उपस्तिथि रहेको थियो । कार्यक्रमको अवसरमा अतिथि हरुबाट पानसमा बत्ती बाली प्रधानमन्त्री ओलिको स्वास्थ्य लाभको कामना गरियो । कार्यक्रमको सञ्चालन भने कर्मचारी शक्तिराज घिमिरेले गर्नुभएको थियो।

गएकाे सोमबार अस्पताल भर्ना हुनुभएका उहाँको मृगौला प्रत्यारोपणका लागि सबै तयारी पूरा गरी अप्रेसन थिएटरमा लगिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपणका लागि डाक्टर प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी डाक्टरको टोली खटिएको छ ।

प्रधानमन्त्री ओलीको १३ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका डाक्टरलाई पनि बोलाइएको छ । तर उनीहरुले सहयोग मात्रै गर्ने र प्रत्यारोपणको काम नेपाली डाक्टरले नै गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । उहाँलाई भान्जी नाता पार्ने समीक्षा संग्रौलाले मिर्गौला दिन लाग्नुभएको हो । मिर्गौला प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend