साझा नेटवर्क
सूर्य चन्द,काठमाडौँ फागुन १७ ।
सुमधुर आवाजका धनि लोकप्रिय गायक मानस राजको नयाँ गित “दिलको ट्रेण्डिङ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सर्बाधिक चर्चामा रहन सफल गित “भाइरल भैदियो” र “हिरो” को अत्याधिक सफलता पश्चात उनले अर्को धमाकेदार गित “दिलको ट्रेण्डिङ” को म्युजिक भिडियो लिएर आएका छन् । पछिल्लो समय देश बिदेशमा हुने विभिन्न स्टेज कार्यक्रम तथा मेला, महोत्सबमा समेत ब्यस्त बनेका लोकप्रिय गायक मानस राज नेपाली गित संगीत प्रेमीहरुको मनमा बस्न सफल भएका छन् ।
जुनको साथि तारा तथा सिम्पल डिम्पल जस्तामा चर्चित गीतमा संगीत भरिसकेका संगीतकार भिम बिष्टको शब्द तथा संगीत रहेको भिडियोलाइ छायाँकार ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने सुजन मार्फा तामाङको कोरियोग्राफीमा निर्देशक गम्बिर बिष्टले निर्देशन गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमा डान्स प्लस सिजन ४ को फर्स्ट रनरअप बन्न सफल कुशल डान्सर तथा मोडल सुजन मार्फा तामाङ, रियो छमछ्मी सिजन ४ को बिजेता मोडल सन्ध्या आचार्य र गायक मानस राजलाइ आकर्षक रुपले फिचर्ड गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend