logo
  • शुक्रबार, असोज ९ २०८३

मिस नेपालको प्रशारण अधिकार कान्तिपुर टेलिभिजनलाई


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द,काठमाडौँ फागुन १४ ।

हिडन ट्रेजरले बर्षेनी गर्दै आएको सौन्दर्य प्रतियोगीता मिस नेपालको प्रशारण अधिकार कान्तिपुर टेलिभिजनले पाएको छ । मिस नेपालको २४ औ संस्करण यहि बर्ष हुनेछ । प्रतियोगीताको आयोजक र कान्तिपुर टेलिभिजनबिच भएको सम्झौता अनुसार यस बर्षबाट  प्रतियोगीताको प्रशारण अधिकार मुलककै ठुलो कान्तिपुर टेलिभिजनले पाएको हो ।

मिस नेपालको आयोजक हिडेन ट्रेजर र कान्तिपुर टेलिभिजनबिच यसअघि नै भएको सम्झौता हिजो सार्बजनिक गरिएको कान्तिपुर टेलिभिजनका स्टेसन हेड दिनेश डीसीले बताउनुभयो । सो सम्झौतासंगै प्रतियोगीताले थप उचाई लिने स्टेशन हेड डिसीको भनाई छ।  राजधानीमा आयोजित कार्यक्रममार्फत आयोजक र कान्तिपुर टिभीबिच भएको सम्झौता आयोजक संस्थाका अध्यक्ष दिवाकरराज कर्णीकारले सार्बजनिक गर्नुभएको हो । सो अवसरमा ट्रेजरका शुभर्ण क्षेत्रीले आगामी संस्करणबाट थप परिस्कृत रुपमा मिस नेपाल प्रतियोगीता प्रस्तुत हुने उल्लेख गर्नुभयो । कार्यक्रममा मिस नेपाल अनुष्का श्रेष्ठसंगै उत्कृष्ट चार प्रतिस्पर्धीको सहभागीता थियो ।

आगामी सिजनको मिस नेपालका लागि बिभिन्न ९ स्थानमा अडिसन हुनेछ । झापाको विर्तामोढ, सुनसरीको धरान,पर्साको बिरगञ्ज, काठमाण्डौ,चितवनको भरतपुर,रुपन्देहिको बुटबल, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीमा अडिसन हुनेछ । १९९४ बाट हुदै आएको मिस नेपालका लागि आयोजकले अनलाईन दर्ता पनि खुल्ला गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend