logo
  • शुक्रबार, असोज ९ २०८३

प्रधानमन्त्रीेले केकमा काटेको देश जोड्न गायिका शितल पाण्डेले खर्चिइन् लाखौ रकम (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौँ फागुन १३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मोत्सव नेपालको नक्सा आकारको १५ किलोको केक काटेर मनाए । जसको आम नागरिकले चर्को आलोचना र बिरोध गरेका छन् । तर ठ्याक्कै यही समयमा अधिवक्ता तथा गायिका शितल पाण्डयेले लाखौ रकम खर्च गरेर नेपालको नक्सा काटेर टुक्राउने होइन् कालापानी र लिपुलेक सहितको नक्सा जोडेर राष्टिय गित बजारमा ल्याएकी छिन् ।प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सा आकारको केट काटिरहदाँ गायिका पाण्डेयले भने आफ्नो गित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष कसरी पुग्नसक्छ भनेर छलफल गरिरहेकी थिइन् । जब प्रधानमन्त्रीले ६९ औँ जन्मोत्सवका अवसरमा नेपालको नक्सा आकारको केक काटेर मनाएको फोटो भाइरल भयो त्यसपछि भने उनको मुटु छियाछिया भयो । उनले फेसबुकमा स्टाटसको रुपमा कबिता लेख्दै यसरी दुःख व्यक्त गरेकी छिन् ।

म यता लाखौं खर्च गरेर देश जोड्ने कुरा गर्दै छु,
तिमी भने लाखौं खर्च गरेर देश तोड्ने कुरा गरेछौ !
तिमी र म मा यही फरक छ ।
मेरो सल्लाहकार कोही छैन,
तिमीलाई सल्लाह दिने कैंयन छन् !
तिमी र म यही फरक छ ।
मलाई देश जोड्ने कुरा कसैले सिकाएको होईन,
तिमीलाई भने देश तोड्ने कुरा कसैले सिकाएछन् !
तिमी र म मा यही फरक छ ।
बिश्वास थियो छ र हुनेछ कि,
म मा अगाध देश प्रेम छ,
तिमीमा पनि उस्तै देश प्रेम छ !!
हामीमा यही कुरा समान छ ।
तर
मैले मेरो मन र दिमाग प्रयोग गरेर,
देश जोड्ने कुरा गरेर गुमनाम भईरहेछु !
तर अफसोस !
तिमी अर्कैको मन, दिमाग र निर्देशनमा,
देश तोड्ने कुरा गरेर भाईरल भईरहेछौ !
तिमी र म मा यही फरक छ ।
म लाखौें लगनीमा गुमनाम छु,
तिमी लाखौँ लगानीमा भाईरल छौ !
तिमी र म मा यही कुरा फरक छ ।
म मेरो पेट काटेर देश जोड्दा गुमनाम छु,
तिमी देश काटेर खाँदा भाईरल छौ !
तिमी र म मा यही फरक छ ।
मैले देश जोड्ने कुरा गरेको कसैले देखेनन् ,
तिमीले देश तोड्ने कुरा गरेको सबैले देखेका छन् !
त्यसैले त
म गुमनाम छु,
तिमी भाईरल छौ !
बस समाजको दृष्टी र नियति पनि यस्तै छ,
मलाई देख्दैन तिमीलाई देख्छ !
कि त दृष्टी र नियति खराब हो !
की त म खराब हुँ !!
या त तिमी !!!
पाण्डे भन्छिन् ः हामी नागरिकहरु देशको सिमा मिचियो,जोगाउने कसरी भनेर लाखौ खर्चिन्छौँ,रातदिन नसुतेर देश जोगाउने कसरी भन्छौँ तर प्रधानमन्त्री भने केकमा देश काटेर खाइदिन्छन्, सारै चित्त दुख्ने रहेछ ।

भिडियो-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend