logo
  • शुक्रबार, असोज ९ २०८३

पाल्पाको दोभान झुम्साका पहिरो पिडीतलाई राहत प्रदान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कपिल ज्ञवाली, बुटवल श्रावण  १९ ।
पाल्पाको दोभान गाबिस ४ झुम्सामा पहिरोमा परि बिस्थापित भएका ६ घरपरिवारलाइ राहत प्रदान गरिएको छ । अविरल वर्षा पछि साउन ११ गते सिद्धार्थ राजमार्गको छेउमै रहेका ६ घर परिवार पहिरोबाट बिस्थापितनै भएका हुन् ।

rahh
सो घटनामा १ जनाको ज्यान समेत गएको थियो । एम्स कलेज, काउन्सिल अफ एम्स इस्टुडेन्ट (क्यास) र संकल्प नेपालले संयुक्तरुमा पहिरो प्रभावित परिवारलाई राहत सामाग्री प्रदान गरेका हुन् । लताकपडा, म्याट, बिस्कुट चिउरा, खाध्य सामाग्रि बितरण गरिएको हो । प्रभावित परिवारलाई केही सहयोग गर्नुपर्छ भन्ने भावनाले बिद्यार्थिहरुले थोरै थोरै संकलन गरेर राहत समाग्रि संकलन गरिएको एम्सका क्याम्पस प्रमुख दीपक ढकालले बताए ।rahat

ढकालले एक जनाको ज्यान जाने गरि पहिरोले बिस्थापित परिवारलाई सबैको सहयोगको खाचो रहेकाले कलेजले सहयोगको हात बढाएको बताउदै सबैले सहयोग गर्नुपर्ने बताए । झुम्सा निवासी समाजसेवी तथा प्राध्यापक महेन्द्र पाण्डेले बिस्तापित परिवारहरु बर्षातको समयमा बिचल्लिमा परेकोले बसोवासको व्यवस्था गर्न राज्य स्तरबाट सहयोगको खाचो रहेको बताए ।jhumsha

पहिरोले बिस्थापित भए पछि ६ घरका परिवारहरु अहिले सडक बिभागको कम्पाउण्मा बस्दै आएका छन् । पिडित परिवारले बसोवासको व्यवस्था मिलाई दिन सरकारसंग माग गरेका छन् । कार्यक्रममा एम्सकी कलेजकी बिद्यार्थी रेजुना श्रेष्ठ,संकल्प नेपालका सुनिल क्षेत्री लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend