साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी फागुन ०७।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इस्मा गाउँपालिका वडा नम्बर १ को कमिटीले आवासविहिनको लागि घर बनाइदिने भएको छ ।
तोरिकखर्क निवासी ५७ बर्षिय मिठु रानाको घर नेकपाका स्थानीय कार्यक्रताले श्रमदानबाट बनाइदिने भएका छन्। घर बनाउने कार्यको बुधबार नेकपा इस्मा गाउँकमिटी अध्यक्ष नारायण पैँयानी र गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले शिलन्यास गरे। कार्यको शिलन्यास गर्दै अध्यक्ष पैँयानीले कम्युनिष्ट पार्टी सर्वाहारा वर्गको पार्टी भएकोले कसैको दुःख हेरेर बस्न नसक्ने बताए ।
घर बनाउदा लाग्ने श्रम र खर्च सबै वडाकमिटीले व्यवस्थापन गरेको छ । श्रमलाई पार्टीका कार्यक्रताबाट व्यवस्थापन गर्ने, काठहरु स्थानीयसँग समन्वय गरी जुठाउने तथा टिन लगायतका सामग्री पार्टीले व्यवस्थापन गर्ने दान गर्ने गाउँपालिका उपाध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य बिमला खत्रीले बताइन् । पीडित रानाको पहिलेको खरले छाएको घर ०७२ को भुकम्पमा परि भत्कियो ।
त्यसपछि प्राविधिकि मुल्याकंनअनुसार पहिलो किस्ताको ५० हजारबाट नयाँ घडेरी खनी सानो झुपडि बनाएका थिए । तैपनि रकम लिएको एक हप्तामै आगालागिमा परि भएको अन्न, पशु चौपाय, नगद, लत्ताकपडा सबै नष्ट भयो। उनको परिवार रेडक्रस, गाउँपालिका लगायतका विभिन्न संघ–संस्थाले दिएका त्रिपाल र कपडामा जिवन बिताउन बाध्य थिए ।
उनका घरमा श्रीमानसहित ३ भाई छोराहरु हुन् । तर घर आगालागिमा परेको एक हप्ता नपुग्दै श्रीमानले घर छोडे ।
जेठा छोरा गोविन्द घरमै छन् । तर माइला छोरा हरी र कान्छा छोरा राजुको कुनै अत्तोपत्तो छैन । ‘घाम लाग्दा पुन आगालागि हुने डर लाग्छ, बर्षायाममा पानीले रुझाएर निद्रै पुग्दैन ।’ मिठु रानाले भनिन्, ‘नेकपाले घर बनाइदिन लागेको छ, खुसि छु ।’ केहि दिन पहिले नेकपा स्थायी कमिटी सदस्य एवम् सोहि क्षेत्रका प्रतिनिधिसभा सासंद गोकर्ण विष्ट त्यसै गाउँमा पुगेका थिए ।
विष्टसँग क्षेत्रीले घर नभएको गुनासो गरेकी थिइन् । विष्टले तत्कालै नेकपाका कार्यक्रतालाई घर बनाइदिन निर्देशन दिएका थिए । त्यहि निर्देशनको आधारमा आफुहरु रानाको घर निर्माण कार्यमा जुटेका पार्टीका गाउँ कमिटी सदस्य इन्द्र बहादुर कुँवरले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend