साझा नेटवर्क
साझा नेटवर्क,काठमाडाै फागुन २ ।
राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको आज बिहान निधन भएको राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेले जानकारी दिए ।
उनी क्यान्सरको बिरामी रहेको र आज बिहान भैरहवामा निधन भएको पाण्डेले बताए । उपाध्याय २०४२ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहदैँ आएका थिए। हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहेका थिए । २०५४ सालमा मा गाविस उपाध्यक्षका जिम्मेवारी सम्हालेका उपाध्याय सोही क्षेत्रवाट ३–३ पटक क्षेत्रीय सभापतिसमेत भएका थिए ।
उपाध्यायका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend