logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक खर्वाङमा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल,बागलुङ फागुन १ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा संगठन कमिटि बडिगाड गाउँपालिका वडा नं. २ को बैठक खर्वाङमा सम्पन्न भएको छ ।जनयुद्ध दिवसको अवसरमा पारेर आयोजित बैठकले फागुन २४ गते जनताको जनवाद विषयमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले फागुन २० गते अगाडि प्रत्येक टोल कमिटिको बैठक संचालन गर्ने, विकास निर्माणमा सिँगो पार्टीपंक्ति परिचालित हुने, आफ्नो गाउँठाउँमा हुने विकास निर्माणमा गुणस्तरको ख्याल गर्दै निग्रानी गर्ने लगाएतका निर्णय गरेको वडा संगठन कमिटि खगिश्वर अर्यालले जानकारी दिनुभएको छ ।बैठकमा नेकपाका प्रदेश कमिटि सदस्य प्रेम खरेल, जिल्ला कमिटि सदस्य विना थापा, बडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष एवं नेकपा जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचनले पार्टी सुदृढिकरण, संगठन विस्तार तथा विकास योजनाको सन्दर्भमा जानकारी गराउनुभएको थियो । बैठक वडा संगठन कमिटिका अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता तथा सचिव फारम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend