साझा नेटवर्क
आर. बि खड्का – नयाँ दिल्ली भारत श्रावण १९ ।
दिनांक ३१ जुलाई २०१६ का दिन प्रवासी नेपाली संघ भारतका केन्द्रीय समिति सदस्य भिम मलातीको नेतृत्वमा युपि राज्यमा कार्यरत २६ जना केन्द्रीय तथा राज्य स्तरिय नेताहरुले प्रवासी नेपाली संघ परित्याग गरि , अखिल भारत नेपाली एकता मंचमा प्रवेश गरेका छन् ।
एकता मंचका केन्द्रीय समिति अध्यक्ष ईश्वरी भण्डारी महासचिव चक्र बहादुर मलाती र सचिव सुरेन्द्र देवकरको विशेष पहल तथा विशेष उपस्थिति एवं केन्द्रीय समिति तत्कालिन सहकोषाध्यक्ष पदम रानाभाट , केन्द्रीय सचिवालय सदस्य शिव षोडारी , केन्द्रीय सदस्यहरु नरेश खनाल , गिर बहादुर खड्काको उपस्थितिमा गत महिना भएको विशेष छलफल पश्चात्
एकता मंचमा प्रवेश गरेका नेता कार्यकर्ताहरुमा केन्द्रीय समिति सदस्य भिम मलाती , केन्द्रीय समिति खेलकुद विभाग सदस्य तिलक ताम्राकार , सहित युपी राज्य सचिव डम्बर ताम्राकार , राज्य सचिवालय सदस्यहरु राम बहादुर विक , भरत मलाती , राज्य सदस्यहरु पहल सिंह विक , प्रतिमा विक मलाती , शुशिला ताम्राकार , डब्बले टमट्टा , बल बहादुर ताम्राकार , रण बहादुर ताम्राकार , उदयसिंह विक , धनबहादुर विक , केसर विक , लक्ष्मी मलाती , भरत विक , तर्क टमट्टा , गोरे साउंद , कोईली देवी विक , जगत विक , एरिया सदस्यहरु प्रसादे भुषाल , ईन्द्र विक , नृप विक , मोहन विक , गोविन्द विक र संतोष विक रहेका छन् ।
प्रवासी नेपाली संघको नीति प्रति असहमत भई परित्याग गरेको कुरा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ । दिल्ली बाट : आरबी खड्का
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend