logo
  • शनिबार, साउन ९ २०८३

कला गला हेरिदैन रुप हेरेर स्थान दिइन्छ : गायिका तरामी


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

janakiदोहोरी साँझ भनेको शैक्षिक पठनपाठन जस्तै शिक्षा लिने ठाउँ कलाकारहरुको विद्यालय हो । सोही दोहोरी साँझ बाट गित गाउन सिकेर आँफु राम्रो कलाकार बन्ने र अरु नयाँ कलाकारितामा रुची भएकालाई सिकाउने यौटा थलोको रुपमा मानिन्छ । दोहोरी साँझ भन्ने बित्तिकै सबै एकै खालको भने भेट्न गाह्रो हुन्छ कलाकारहरु हरेक खालका हुन्छन्।

दोहोरी साँझले कलाकारलाई अगाडी बढ्न धेरै ठुलो मदत गर्छ तर नेपालमा कुनै दोहोरी साँझ यस्ता पनि भेटिन्छन् बढी मात्रामा पिय बदार्थ अल्कोहल प्रयोग हुने गर्दछ र दोहोरी साँझमा मालिकले कला र गला भएका हरुलाई भन्दा बढी रुप हेरेर उनीहरुलाई अगाडी बढाइरहेका हुन्छन् जसको कला छ स्वर छ त्यस्ता झन् पछी परेका हुन्छन् ।

त्यस्तै लोक तथा दोहोरी गायिका जानकी तारमी मगरले पनी कुनै कुनै दोहोरी साँझमा हुने लापरबाही र सोही दोहोरी साँझका मालिकले गर्ने दुर्व्यवहारको निक्कै खण्डन गरेकी छन् । उनले पनी भनेकी छन् नेपालमा भएका दोहोरी साँझ सबै एकै प्रकारले चलेका छैनन् कतिपय धेरै राम्रा राम्रा दोहोरी साँझ छन् भने कतिपय लापरबाहीमा चलिरहेको छ मान्छेको रुप हेरेर कला गला न हुनेलाई भन्दा रुप रङ्ग हुने जसको कला गला नै छैन उसलाई दोहोरी साँझ मालिकले बढी प्राथमिकता दिएर अगाडी बढाएकोमा दू:खको गुनासो गरेकी छन् ।

२०७३ साउन १४ गते रेडियो नमस्ते नेपालको कार्यक्रम ब्यक्त्ती विशेषमा अन्तरवार्ताको लागी आमन्त्रित गरेर उपस्थित भएकी गायिका जानकी तारमी मगरले बाबुराम सिग्देल सँगको बार्तामा सोही कुरा बताएकी हुन् । कार्यक्रम रेडियो बाट बिश्वभर प्रतक्ष्य प्रसारण भएको थियो प्राविधिकमा सरु कोइरालाले साथ दिएकी थिइन् । सुर्खेत जिल्ला घर भै बिगत सात बर्ष अगाडी गायनमा रुची राख्दै सुरुमा बुटवलको दोहोरी साँझ बाट कदम चालेकी गायिकाले काठमाडौंमा गएर धेरै दोहोरी साँझमा काम गर्दै दोहोरी साँझमा हुने मौलिकता र बिकृति विसंगति दोहोरी साँझमा हुने सबै कृयाकलापको अनुभव बटुलेको बताएकी छन् ।

ब्यक्ती विशेषमा कुरा गर्दै उनले भनिन् दोहोरीलाई फोहोरी बनाउन हुँदैन कलाकारको इज्जेत कलाकारले नै राख्न पर्छ आफ्नो पुरानो परम्परा मौलिकतालाई कहिल्यै भुल्न हुँदैन । बिशेष त उनले दोहोरी साँझका मालिकले कला गला स्वर हुनेलाई छोडेर जसको रुप राम्रो छ आँफु सँग को बढी नजिक भएर कुरा गर्छ त्यस्तालाई बढी कलाकारितामा अगाडी बढ्न प्राथमिकता दिनेको घोर बिरोध गरेकी छन् ।

हुन त उनले दोहोरी साँझमा न गएर नै कलाकार बनेका कलाकारहरु पनी प्रसस्त भएको स्पष्ट पारेकी छन् । दोहोरी साँझका मालिकले बिशेष ध्यान रुप रङ्ग नहेरेर कसैलाई पक्ष्यपात नगरिकन स्वर कला र गला भएर पनी पिछडिएका नयाँ आएका कलाकारितामा रुची राख्ने हरुलाई अगाडी बढाउनमा पहिलो प्राथमिकता दिएर राम्रो भूमिका खेल्न पर्नेमा बढी जोड दिएकी छन् ।

ब्यक्त्ती बिशेषको निर्धारित समय एक घण्टाको रहेको थियो सोही कार्यक्रममा देश तथा विदेशबाट कल गरेर आउने श्रोता हरुले गायिका तारमी मगर सँग पनी प्रतक्ष्य कुराकानी गरेर समय कम भएको हुँदा अझै २० मिनेट समय थप गरिएको थियो । मिठो स्वर भएकी गायिका सँग अन्य प्रसंगमा पनि कुरा भयो उनको विवाहको बारेमा पनि निक्कै चर्चा भएको थियो सोही प्रश्न गर्ने क्रममा ऐलेसम्म आफ्नो बिवाह न भएको र ऐले त्यसको बारेमा केही न सोँचेको पनि बताईन् ।

उनका गायनमा पनी राम्रो सफलता र रुपमा पनी उतिकै छन् तर उनले कुरा गर्दै भनिन् स्पेसल केटा साथी पनि बनाएको छैन धेरैले मन पराउँछन् होला तर मलाई केही थाहा छैन मन पराउनु उनीहरुको अधिकार हो तर कुनै मसँग धेरै कुरा गर्न थाल्यो भने म आफ्नै तरिकाले कुरा गरिदिन्छु । उनले आफ्नो गायनको सुरुवात देखी ऐलेसम्म करिब ३ दर्जन जती एल्बममा स्वर दिनुको साथै आफ्नै नामबाट पनी एक दर्जन एल्बम बजारमा उतारिसकेकी छन् ।

सुर्खेत बाट गित गाउनकै लागी ६७ सालमा काठमाडौं प्रवेश गरेर तिन दर्जन जती एल्बममा आवाज दिएकी गायिका मगरले ऐलेसम्म करिब सात वटा जती बिदेशका सांगीतिक कार्यक्रमहरुमा पनि भाग लिन पुगिसकेकी छन् भने नेपालमै हुने मेला महोत्सव हरुमा अझै बढी ब्यस्त हुने गरेकी छन् । तिजका गीतहरु पनि उनले ऐलेसम्म आफ्नो र अर्काको गरेर करिब १० वटा एल्बममा स्वर दिएकी छन् । ऐलेको सालमा मगर्निको सेल रोटी सहित अर्को मेरो बुढाको आयु लामो होस् भन्ने तिज कोसेली पनी बजारमा आइसकेको छ ।

सोही मेरो बुढाको आयु लामो होस् नामको तिज गितको बारेमा पनी प्रश्न गर्दा उनले भनिन् मेरो बिवाह न भएपनी नेपाली दिदीबहिनी हरुको लागी सोही गित म आफैले शब्द रचना र लय पनि म आफैले निकालेको छु प्राय जस्तो दिदीबहिनी हरुको पनि चाहना आफ्नो श्रीमानको आयु लामो भएको चाहन्छन् र सोही उपहारस्वरुप अहिलेको तिजमा आफ्नो कोसेली बजारमा ल्याएकी हुँ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend