logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल तरुणदल कपिलवस्तुद्धारा तौलिहवामा विरोध प्रर्दशन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,कपिलवस्तु माघ २६ ।

बालुवाटारस्थित ललितानिवास क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरूलाई जोगाएर कांग्रेसका नेताहरूलाई मात्र फसाएको भन्दै कांग्रेसले सडक र संसदमा विरोध थालेको छ ।अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाउने तर त्यही जग्गा प्रकरणमा नाम मुछिएका केही कम्युनिष्ट नेताहरूलाई बचाउ गरेको भन्दै सरकारको चर्को विरोध गरेको हो। यस्तै नेपाल तरुण दल केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार नेपाल तरुण दल कपिलवस्तुले पनि जिल्ला प्रशासन कार्यालय तौलिहवा अगाडि बिरोध सभा गरेको छ । तरुणदल कपिलवस्तुको अयोजनामा प्रर्दशन गरिएको हो ।

विरोधमा उत्रिएका कांग्रेस नेता कार्यकर्ताले बालुवाटारको जग्गा विक्रीको निर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नभएको भन्दै चर्को नाराबाजी गरे । प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाइएको र नेकपाका नेताहरुलाई जोगाउने काम गरेको भन्दै बिहीबार र शुक्रबारको संसद बैठक अवरोध गरेको थियो ।बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend