logo
  • शुक्रबार, असोज ९ २०८३

महोत्सवको दोश्रो दिन वामेलीलाई नचाए गायक बालचन्द्र बरालले


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल,गुल्मी माघ १६।
गायन, मोडलिङ र उद्घोषणमा एकै साथ सफल चर्चित लोक दोहोरी गायक वालचन्द्र बरालले गुल्मीको वामीटक्सारमा युवा पुस्तालाई छमछमि नचाएका छन्। गुल्मी मुसिकोट उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक औधोगिक एवं व्यापार महोत्सवको दोश्रो दिन आफ्नो प्रस्तुती राख्दै सहभागि सवैलाई नचाएका हुन्। “लाउनी भए लाउ माया लाउनीले, नलाउ माया छोडेर जानीले” बोलको गित गाउँदा कार्यक्रममा उपस्थित युवाहरु उत्साहित हुँदै नाचेका थिए।

“नमस्ते झ्याझलो झोर्ले है, तिमिआउ भुवाचिदिवाट म आउँछु खर्वाङै बाट, भेटौंला टक्सारमा ओर्लेहै” गाउँदा हुटिङले निकै उत्साहित बनेका गायक बरालले हिँउचुलिमा घाम, ठमेल वजार लगाएतका प्रस्तुती प्रस्तुत गरेका थिए।स्टेज देखि दर्शक सम्म सवैलाई नचाएका बरालले पुनम सुनार संग पानको पातमा गाएको लाइभ दोहोरीले सन्ध्याकालिन समयमा चिसो हावा संगै चिसिएको माहोल तातेको थियो।

बागलुङको दगातुन्डाडामा जन्मिएका गाएक बालचन्द्रले आफ्नै घरेलु वजार वामीटक्सारमा गाउँदा माइत आएको चेलीसरी स्थानियले स्वागत गरेका थिए। १५ गते देखि २६ गते सम्म १२ दिन चल्ने महोत्सवको बुधवार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गर्नुभएको थियो। महोत्सवमा ४ दर्जन वढि कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend