साझा नेटवर्क
सागर भण्डारी, गुल्मी माघ १४ ।
भेलिदेखि सुरु हुने प्रथम गुल्मी मुकिोट महोत्सवको तैयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । भेलि माघ १५ गतेदेखि २६ गतेसम्म प्रथम पटक आयोजना गरिएको गुल्मी मुसिकोट पर्यटन साँस्कृतिक औद्योगिक एवं व्यापार महोत्सवको सम्पूर्ण तैयारी पूरा भएको आयोजक मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिनुभयो ।

स्वागत गेट, स्टल निर्माण देखि अन्य आन्तरिक तैयारीका सम्पूर्ण कार्यक्रम पूरा भएको उहाँले जानकारी दिनुभयो । महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । १२ दिनसम्म चल्ने महोत्सवमा, कृषि प्रदर्शनी, स्थानीय कला संस्कृति, विभिन्न जातजातिका झाँकी सोरठी, नेवारी संस्कृतिका कला एवम् खानाका परिकार, बडीगाडमा र्याफ्टिङ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
त्यस्तै बाल उद्यान रमाईलो मेला, विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुती रहने आयोजक मुसिकोट उद्योग वाणिज्य सघंका सचिव महेश्वर घिमिरेले जानकारी दिनुभयो । महोत्सवको भोलि पहिलो दिन उद्घाटन, र्याली, विभिन्न विद्यालयहरुका सागींतिक प्रस्तुती लगायतका कार्यक्रम रहने उहाँले जानकारी दिनुभयो ।
महोत्सवले यस क्षेत्रको विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । भोलि उद्घाटन समारोहमा टिकट शुल्क नलाग्ने पनि उहाँले जानकारी दिनुभयो । यसैबीच प्रथम गुल्मी मुसिकोट महोत्सवको अवसर पारेर मुसिकोट नगरपालिकाले भोलि बुधवार नगरपालिका भित्र सार्वजनिक विदा दिने भएको छ ।
यही माघ १५ गतेदेखि २६ गतेसम्म हुने प्रथम गुल्मी मुसिकोट पर्यटन साँस्कृतिक औद्योगिक एवम् व्यापार महोत्सवको उद्घाटन समारोहको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
नगरपालिकाले आज एक विज्ञप्ती जारी गर्दै माघ १५ गते सार्वजनिक विदा दिने निर्णय गर्दै महोत्सव सफल बनाउन सवैलाई आग्रह पनि गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend