साझा नेटवर्क
गुल्मी, माघ ६ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विध्यार्थीहरूकाे संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (अनेरास्ववियू) का केन्द्रीय सदस्य घनश्याम खरेलले सभामुखकाे उम्मेदवारलाई विवादित बनाउन खाेज्नु विपक्षिहरूकाे कायर मानसिकता भएकाे बताएका छन् ।

नेकपाले नेता अग्नी प्रसाद सापकोटालाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेलगत्तै यसकाे पक्ष र विपक्षमा थुप्रै प्रतिक्रिया आएका छन् । ती मध्ये कतिपयले सभामुख पदका उम्मेदवार सापकाेटा विवादित छविका भएकाे भन्दै त्यसकाे आलाेचना गरिरहेका छन् ।
त्यसकाे सम्बन्धमा नेता खरेलले नाम किटान नगरिकन नेपाली काङ्ग्रेसलाई सभामुखको विषयमा धेरै नबाेलि आफ्नै पार्टी सुधार गरे भलाे हुने उल्लेख गरेका छन् ।
याे नेकपाकाे आन्तरिक मामिला भएकाे तथा पार्टी र जनताकाे पक्षमा सापकाेटाले गरेकाे कामकाे कदर गर्दै उनलाई उम्मेदवार बनाएकाे खरेलले फेसबुक स्टाटसमार्फत उल्लेख गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend