साझा नेटवर्क
साझा नेटवर्क, दोहा माघ ५ ।
हे पानी खायौ बिर्सियौ कुवा
घाइते मुटु सानीलाई गर्दुवा
ज्याग्दी खोला उर्लिएर भयो वारको पार
ए ! आज देखि पराइ हुने मायालाई उनकै यादमा तडपिनि यो मुटु उपहार माथिका गीतका टुक्का चर्चित गायक बद्री पङ्गेनीले गएका हुन् ।

उनलाई स्वरमा साथ दिँदै चर्चित गायिका सम्झना भण्डारीले हे बाउ आमाको बचन काट्नलाई, जे पर्छ त्यही सकिन आटनलाइ, ज्याग्दी खोला उर्लिएर भयो वारको पार मलाइ, सम्झी कहिल्यै नि नरोऊ मायालु त्यही हुनेछ मेरो निम्ति तिम्रो उपहार भनेर साथ दिँदै गायकी छिन भने हेमन्त कान्छा रसाइलीको पनि स्वर सुन्न सकिन्छ ।
श्रीराम काफ्लेको शब्दमा तयार भएको उक्त गीतले डिजिटल दुनियाँमा माया पाइरहेको छ । हेमन्त कान्छा रसाइली को एरेन्ज रहेकोउक्त गीतमा गोपाल पोखरेल ठुलेले सङ्गीत भरेका छन् । दुर्गा पौडेलले छायाकन गरेको भिडियोमा गोपाल पोखरेल ठुले, रबिना भण्डारी, उषा सुबेदी, अर्जुन लम्साल लगायतले अभिनय गरेका छन् । निर्देशन को बागडोर शंकर बिसीले समालेका छन् ।
बाबा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत बजारमा आएको उक्त पञ्चेबाजा गीतलाई कृष्ण फिल्म्सले पोस्ट प्रोडक्सन गरेको हो भनेनवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend