logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको मुसिकोट नगरपालिकामामा छैठौं नगरसभा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, गुल्मी माघ ५ ।
मुसिकोट नगरपालिका गुल्मीको छैठौं नगरसभा नगरपालिकाको सभाहल वामीटक्सारमा सम्पन्न भएको छ। विभिन्न ऐन परिमार्जन तथा जारि गर्ने हिसावले निकै महत्वपूर्ण मानिएको सभाले शिक्षा तथा सामाजिक विकास संयोजक हरि छन्तेल र आर्थिक संयोजक प्रकाश काफ्लेले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद नियमावली २०७४ लाई संसोधन गर्न बनेको विधेयक २०७६ पारित गरेको छ।

त्यस्तै बातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, जोखिम युक्त वस्ति स्थानान्तरण तथा पुनःस्थापना सम्बन्धि कार्यविधि २०७६, मुसिकोट नगरपालिकाको जग्गा लिजमा लिने सम्बन्धि कार्यविधि २०७६, नगरपालिकाको विनियोजन ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयक २०७६ पारित गरेको छ । त्यस्तै नगर शिक्षा ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७६ पनि पारित गरेको छ।

सभामा विधेयक माथिको दफावार छलफलमा सभासद्हरु पूर्ण बहादुर हितान, पूर्ण बहादुर थापा, गोविन्द खरेल, शंकर परियार, नर बहादुर खत्री, रेणु सापकोटा, संकर रायमाझि, लक्ष्मण खराल, दल बहादुर थापा लगाएतले सुझाव तथा टिप्पणी राख्नुभएको थियो।

पौस २५ गते वाट सुरु भएको सभाले चालु आर्थिक वर्ष २०७६÷७७ को बजेट सम्सोधन गरेको छ। सभाले चालु तर्फको ४ करोड ९६ लाख १९ हजार बजेट संसोधन गरि पुँजिगत खर्चमा रकमान्तर गरेको छ।

नगर गौरवको रुपमा रहेका आँपचौर प्राविधिक शिक्षालय, मुसिकोट दरवार लगाएतका योजनामा सो वजेट छुट्याइएको नगरपालिकाका सुचना अधिकृत समुन्द्र रायमाझिले जानकारी दिनुभएको छ । सो सभाको सञ्चालन नगरसभाध्यक्ष मेयर सोमनाथ सापकोटाले गर्नुभएको थियो।

सभामा नगरसभा उपाध्यक्ष उपमेयर कमला शर्मा, सभा सचिव निमित्त प्रमुख प्रशासकिय अधिकृत निरञ्जन ज्ञवाली सहित नगरसभा सदस्यहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend