साझा नेटवर्क
काठमाडौं, माघ ५ ।
सौन्दर्यकर्मी एलिना श्रेष्ठ द्वारा संचालनमा ल्याइएको तार्केश्वर नगरपालिका जरंखु स्थित एलिनाज ब्युटीपार्लरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी सोनी काररंजित द्वारा सम्पन्न भएको छ ।

उक्त अबसरमा अन्य सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । युवा ब्यबसायी सौन्दर्यकर्मी एलिना श्रेष्ठ द्वारा सञ्चालित एलिनाज ब्युटीपार्लर उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो ।
बिगत चार बर्ष देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको एलिनाज ब्युटीपार्लरमा अनुभबी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी एलिना श्रेष्ठले बताइन ।
आफ्नो ब्यबसायिक सफलताको श्रेय आफ्नी आमा इन्दिरा श्रेष्ठ र आफ्नी गुरुआमा सोनी काररंजितलाइ दिने उनले उहाँहरुकोको नै हौसला तथा प्रेरणाले गर्दा आफुले ब्यबसाय सुरु गरेर आत्मानिर्भर बनेको बताइन ।
रोज शिप बिकास तालिम केन्द्रकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै एलिनाज ब्युटीपार्लरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन भने ब्यबसायिक सफलताको शुभकामना समेत ब्यक्त गरिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend