logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीको निस्ती खोलामा भेटिएको शव पहिचान, मृतक ८६ बर्षिय जसा श्रीस


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टोपलाल अर्याल, गुल्मी श्रावण १७।
आइतबार गुल्मीको निस्ती खोलामा मृत फेला परेको महिलाको शवको सोमबार अवेर पहिचान भएको छ । उनी नेटा गाविस वडा नं ५ की ८६ बर्षिय जसा श्रीस रहेको जिल्ला प्रहरी कार्यालय गुल्मी पुष्टी गरेको छ ।

श्रीस दोहली ९ कोटकटेरी आफन्तकोमा साउन १५ गते हिडेको उनका भदै इन्द्र बहादुर घर्तिले बताए । खोला तर्ने पुल अप्ठ्यारो भएकाले श्रीस पुलबाट लडेर खोलाले बगाएको हुन सक्ने आफन्तको अनुमान रहेको छ । उनी मुसिकोट ४ को हाँडीखोला भन्ने स्थानमा मृत भेटिएको प्रहरी निरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । स्थानीयले साउन १६ गते साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend