logo
  • शुक्रबार, असोज ९ २०८३

चलचित्रमा चम्किदै तेज


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क ।
रेडियो तथा टेलिभिजनमा कार्यक्रमहरु संचालन गर्दै र स्थानिय स्तरका नाटकहरुमा अभिनय गर्दै कलाकारिता र पत्रकारिता गरिरहेका तेज गिरी मिस्टर नेपाल २०१२ मा उत्कृष्ट ४ हुँदै अभिनय मार्फत मोस्ट ट्यालेन्टको अवार्ड जिते पछि केही निर्देशकहरुको आँखा उनी माथि प¥यो ।

उनले २०६९ मा पहिलो पटक नेपाली कथानक चलचित्र “काले” मा अभिनय गर्ने अवसर पाए तर उक्त चलचित्र आजसम्म पनि प्रर्दशनमा आउन सकेन । त्यही सिलसिलामा उनी पोखरामा रही मोडलिङ्ग गर्ने क्रममा उनले राजेशपायल राई,ईन्दिरा जोशी,राजु परियार,रामभक्त जोजीजू लगायतका चर्चित गायकहरुको डेढ दर्जन गितमा अभिनय गरे भने केही विज्ञापनहरुमा समेत अभिनय गरे ।

पोखरमा रही कलाकारितामा रमाई रहँदा उनलाई घनश्याम लामिछाने निर्देशित चलचित्र “धौली”मा सह नायकको भुमिकामा अभिनय गर्ने अबसर मिल्यो । उक्त चलचित्र नै उनको डेब्यु चलचित्र हो,सोही चलचित्रबाट उनको अभिनयको चर्चा चुलिन थाल्यो ।

लगतै उनले मुक्तिनाथ विकास बैंक लि.को निमार्णमा बनेको वित्तीय साक्षरता सम्बन्धी चलचित्र “परिवर्तन”मा मुख्य भुमिका निर्वाह गरे,त्यसपछि सवत्र उनको अभिनयको चर्चा हुन थाल्यो र उनले हाल सम्म पछि फर्केर हेर्नु परेन । विगत ३ बर्ष देखि उनी काठमाण्डौमा रही कलाकारितामा रमाउँदै आएका छन् ।

उनले नेपाली कथानक चलचित्र लभ लभ लभ,पञ्चेवाजा,रनविर र गोपीमा विभिन्न भुमिकामा अभिनय गरिसकेका छन् । शुभ साईन फिल्मस् को निर्माण तथा हिरामणी ज्ञावली निर्देशित प्रदर्शनको तयारीमा रहेको समसामयीक विषयबस्तु र विकास निर्माणको मुद्दा उठान गरेको बहुप्रतिक्षित चलचित्र “वडाध्यक्ष”मा मुख्य भुमिका निर्वाह गरेका छन्,यस चलचित्रमा उनले महङ्गो पारिश्रमिक लिएको बुझिन आएको छ ।

यस चलचित्रलाई लिएर उनी अत्यन्तै उत्साहीत छन् । साथै कान्तिपुर फिल्म एकेडेमीको निमार्ण तथा परिच्छेद सेन निर्देशित चलचित्र “म”मा उनले मुख्य खलपात्रको भुमिका निर्वाह गरेका छन्,उक्त चलचित्र अहिले सुटिङ्गको दौरानमा रहेको छ ।

उनी आगामी चेत्रबाट सुटिङ्ग सुरु हुने चलचित्रमा पनि अनुवन्धित भईसकेको कुरा सुनाए तर चलचित्रको नाम भने खुलाउन चाहेनन् । उनी फुर्सदको समय अध्ययनमा ब्यस्थ रहन्छन् र अभिनयमा निखारता ल्याउनको लागि विभिन्न अभिनय प्रशिक्षणहरुमा पनि सहभागी हुने गर्दछन् ।

आफुलाई शारिरिक र मानसिक रुपमा फिट राख्नको लागि उनी दिनमा २ घण्टा जिममा विताउँछन,उनले वास्तबमै अत्यन्तै लोभलाग्दो शरिर बनाएका छन् । यस क्षेत्रमा उनी अत्यन्तै सन्तुष्ट छन् भने वाचुन्जेल यही क्षेत्रमा नै कर्म गर्ने सोच बनाएका छन् ।

यस अघि केही चलचित्रहरुमा विचारै नगरी काम गरेको र आगामी दिनमा छनौट गरेर संख्या भन्दा गुणस्तरलाई ध्यानमा राखि काम गर्ने योजना सुनाउँछन् । हाम्रो तर्फबाट पनि उत्कृष्ट अभिनेता तेज गिरीको उज्जवल भविष्यको कामना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend