logo
  • शनिबार, साउन ९ २०८३

गायिका कुसुम वुटवलबाट रेल चढेर काठमाडौंमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

kalpanaअनिल खत्री, गुल्मी श्रावण १७ ।
हिन्दु महिला नारीहरुको महान पर्व तिज आउँन महिना दिन बाँकी समय रहदा कलाकारलाई भने तिज पर्वले लागी सकेको छ । कलाकारहरुलाई तिजका गित गाउँन र गितको म्युजिक भिडियो तयार गर्न व्यस्त रहनाले उनिहरुलाई तिज पर्वले लागेको हो ।

गत वर्षको तिजमा यस पालिको तिजमा लेहेङ्गा लगाउछु भन्ने तिजको गितबाट परिचित बनेकी गायिका कल्पना कुसुमले यस वर्षको तिज पर्वलाई मध्य नजर राखेर “शिबजिको दर्शन गर्नी हो” तिज गित ल्याएकी छन् । गितमा रेल चडने कुरा सगै गत वर्ष नेपालमा भएका नाकाबन्दीका कुराहरुलाई पनि समाबेश गरिएको छ ।

kusumतिजको बेला नारिका बेदनाहरुले समेटेर गाउने कथा बस्तुमा तयार भएको गितमा गायिका कल्पना कुखुमको एकल आवाज रहेको छ । गत वर्षको एल्वमबाट निकै धेरै दर्शक श्रोताबाट मायाँ पाएकोले थप नयाँ एल्वम ल्याउने हौसला मिलेकोले यस वर्षको तिज पर्वमा निरन्तरता दिएको उनको भनाइ छ । अधिल्लो एल्वमा दर्शक श्रोताबाट पाएको मायाँबाट आफुलाई संगित क्षेत्रमबाट टाढा नजान बाध्य बनाएको बताइन । अन्य बिधाका गितहरुका एल्वमहरु बजारमा आए पनि गत वर्ष बजारमा आएको तिजको एल्वम उनको यो दाश्रो एल्वम रहेको छ ।

गायिका कल्पनाको सुमधुर स्वरले सजिएको उक्त तिज गितको शब्द संगित गितकार एकनारायण भण्डारीले गरेका हुन । वुटवलको सुन्दर दृश्य सगै छायाँङकन गरिएको गितमा मोडल रस्मी तामाङ्ग र बिबेकराज पाण्डेयले अभिनय गरेका छन् । म्युजिक भिडियो निर्देशन बिष्णु भट्टराइको रहेको छ । चर्चित गितकार एकनारायण भण्डारीको लय शब्दमा गित निकै राम्रो रहेकाले पनि धेरै दर्शक श्रोताको मायाँ पाउने उनले बताइन ।

भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend