साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु पुष १९ ।
अर्घाखाँची जिल्लाको धारापानी १ मा जन्म भई हाल बानपा ७ बनगाइ निवसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलबस्तु जिल्ला कमिटी सदस्य शिव बन्जाडे एबम पत्रकार माधव बन्जाडेका पिता नेकपाका संगठित सदस्य स्वर्गिय राम प्रसाद बन्जाडेको ६७ बर्षको उमेरमा निधन भएको छ ।

आफ्नै निवासमा असमायिक निधन भै उहाको पार्थिब शरीरमा नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्ब कृषि मन्त्री चक्रपाणि खनाल, बलदेव र केन्द्रिय सदस्य गिरिधारिलाल न्योपानेले बाणगंगा नदिको तटमा संयुक्तरूपमा पार्टीको झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिइएको थियोे ।
स्वर्गीय बन्जाडेको जिवनिको बारेमा प्रदेश सल्लाहकार सदस्य इन्द्रमणि पौडेलले बाचन गर्नु भएको थियोे ।श्रद्धाञ्जली सभामा प्रदेश सांसद बिस्नु पन्थी,जिल्ला कमिटी सचीव बिष्णु शाह नेकपाका नेता रुद्र बन्जाडे वडा अध्यक्ष धुर्ब बेल्बासे , बिस्नु गिरि लगायत सयौंको संख्याको सहभागिता रहेको थियोे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend