logo
  • शुक्रबार, असोज ९ २०८३

पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्छ : नेता पौडेल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

साझा नेटवर्क,चितवन पुष १९ ।

कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग शनिबार कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताएका हुन् ।

उनले भने,‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन,मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाउनुपर्छ,अनिमात्र पार्टी एक हुन्छ । पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको उनले आरोप लगाए । पौडल समूहको बहिष्कारबीच कांग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औँ महाधिवेशनको मिति तोकेको छ ।

पार्टीमा देखिएको समस्या समाधानका लागि आफूले पेस गरेका ९ बुँदे एजेन्डामा छलफल नगरी एकलौटी निर्णय गरिएको उनले बताए । उनले जीवन्त पार्टीमा साना ठूला विवाद भने भइरहने बताए ।

नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको पौडेलले बताए । देशलाई भ्रष्टचारमुक्त र कांग्रेसलाई विकृति मुक्त बनाउनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend