logo
  • शुक्रबार, असोज ९ २०८३

शरद पाण्डे र ईन्दिरा गैरेको “मोया” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सृजना आचार्य, कपिलवस्तु ।
लोकप्रिय गायक नेपाल स्वयंसेवक संघका सल्लाहकार रविन लामिछाने र नेपाल स्वयं सेवक संघ कलाकार संगठन प्रदेश ५ अध्यक्ष ईन्दिरा गैरेको आवाजमा उत्कृष्ट गित मोया बजारमा आएको छ । माया प्रेमलाई केन्द्र विन्दुमा राखेर बनाईएको गितलाई लेखेका छन ।

शरद पाण्डेले भने गितलाई लय बनाएका छन अर्जुन सापकोटाले, एरेन्ज गरेका छन कृष्ण भाञ्जाले । मोयालाई चिनेको मैले बोलिले नजरको गोलिले बोलको थेगो राखिएको गित पछिल्लो समयमा गितसंगित प्रतिको प्रतिसपर्धाको भिडमा गित भिड्न लाएक देखिन्छ ।

घरबारीमा तोरी फुल्यो खरबारीमा बुकी,
मख्ख परि हे¥यौ मायां मै राम्रो पो छुकी ।।
हिमालैमा डाफे नाच्यो बनमा न्याउली रुदा,
करेण्ट झै झटका लाग्यो चस्स तिम्ले छुदा ।।

दुई मुटु विचको मायां जाललाई शब्दजालमार्फत गितकार शरद पाण्डेले छताछुल्ल पारेका छन । भने यता गायक प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रविन लामिछाने र पछिल्लो समयकी सवैको मनमा बस्न सफल गायिका ईन्दिरा गैरेले पनि स्वरमा उत्तिकै जादु भरेका छन् ।

गितको अडियो संगै भिडीयो पनि अत्यन्तै उत्कृष्ट बनेको छ । चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा बनेको गितमा सक्किगोनी सिरियलकी लोकप्रिय पात्र रक्षा श्रेष्ठ र अर्जुन गौतमको अभिनय रहेको छ ।

गितमा पहिलो भेटमै मायां बसेको त्यो मायां छताछुल्ल देख्न सकिन्छ, गितको भिडीयोलाई पनि निकै मेहनतका साथ निर्देशक श्रेष्ठले तयार पारेका छन ।

गीतलाई ताजा इन्टरटेनमेन्टको युबट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गितबाट दर्शक श्रोताहरुको माया पाउनेमा गायिका ईन्दिरा लगायतको टिम विश्वस्त बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend