logo
  • शुक्रबार, असोज ९ २०८३

एमाले जिल्ला कमिटी गुल्मीका सदस्य पैयानीलाई मातृशोक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

2टोपलाल अर्याल, गुल्मी श्रावण १५।
नेकपा एमाले जिल्ला कमिटी सदस्य नारायण पैयानीलाई मातृशोक परेको छ । इस्मा रजस्थल गाविस वडा नं ६ निवासी चन्द्रकला पैयानीको साउन १५ गतसाँझ साढे ६ बजे ७८ बर्षको उमेरमा निधन भएको छ । चार दिन अघि एक्कासी प्यारालाइसिसको समस्या देखा परेपछी उहाँको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको थियो । शनिबार साँझ अवेर मृत्यु भएकी चन्द्रकलाको पार्थिक शरिर श्रद्धाञ्जलीका लागी केहिबेर एमाले पार्टी कार्यालयमा राखिएको थियो ।

श्रद्धाञ्जली सभामा एमाले जिल्ला कमिटी गुल्मीका कार्यबहाक अध्यक्ष मधुकृष्ण पन्त, सचिव सोमनाथ सापकोटा, सचिवालय सदस्य हिरा एसी, जंग नेपाली, क्षेत्रिय कमिटी अध्यक्ष क्षेत्र नं ३ का अध्यक्ष नरेश भण्डारी लगायत नेता तथा कार्यक्रर्ताले श्रद्धाञ्जली दिनुभयो । श्रद्धाञ्जली अर्पण गर्दै कार्यबहाक अध्यक्ष पन्तले पैयानी परिवारमा परेको शोकले सिंगो पार्टी समेत स्तब्ध भएको बताउनु भयो । साथै शोकाकुल परिवारलाई धैर्यधारण गर्न पनि पन्तले आग्रह गर्नुभयो ।

इस्मा रजस्थल गाउँ कमिटी सचिव इश्वरी पैयानीले जिल्ला कमिटी सदस्य नारायण पैयानी, संगठित सदस्य लोक प्रसाद पैयानी तथा शिक्षक हुम प्रसाद पैयानीको परिवारमा परेको शोकले गाउँ कमिटीलाई अपुरणिय क्षती पुगेको भन्दै शोकलाई शक्तिमा बदल्न आग्रह गर्नुभयो । दिवंगत चन्दाकला पैयानीका श्रीमान लक्ष्मीकान्त पैयानीको पाँच बर्ष अघि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend