साझा नेटवर्क
रेडियो रेसुङ्गा, गुल्मी श्रावण १५।
गत असार ३० गते गुल्मी बाँझँकटीमा भएको घटनाको सत्य तथ्य छानविन तथा दोषिलाई कडा भन्दा कडा कारवार्हीको माग गदै रेडियो रेसुङ्गाले प्रहरीलाई ध्यानकर्षण गराएको छ । रेडियो रेसुङ्गामा कार्यरत कर्मचारी राजेश सेनका बुवा बाझँकटेरी गाविस वडा नं १ निवासी छत्रबहादुर सेनओलिको मध्यरातमा बाँस बस्ने बहानामा आएका आपराधिक समुहले धारिलो हतियार प्रयोग गरि हत्या गरि घरमा रहेको धनमाल समेत लुटेर लगेका थिए।
प्रहरीले घटनामा संलग्न २ जना व्याक्ति दिपक गिरि र लेखनाथ गिरिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका व्यक्तिहरुले घटना आफुले चोरि गर्ने नियतले गरेको बताएका छन् । तर पिडित परिवारजनले घटना सुनियोजित हुन सक्ने र आफुलाई अहिले सम्म पनि असुरक्षित रहेको अनुभुति गरिरहेको बताएपछि रेडियो रेसुङ्गा संचालक समिति र कर्मचारीको टोलिले प्रहरी उपरिक्षक भोला बहादुर रावल र प्रहरी नायब उपरिक्षक महेन्द्र नेपाललाई भेटी घटना बारे ध्यानार्कषण गराएको हो ।
पिडित परिवारलाई सुरक्षाको अनुभुति दिलाउन तथा घटनाको सत्य तथ्य छानबिन गरि सार्वजनिक गर्न माग समेत गरिएको थियो । भेटघाट कार्यक्रममा प्रहरी उपरिक्षक भोला ब. रावलले आफुले घटनाको अनुसन्धान गरिरहेको तथा आरोपित व्यक्तिले हत्या आफुले गरेको स्विकार गरिसकेको र थप अनुसन्धान भइरहेको जानकारी गराउँदै पत्रकार सम्मेलन गरि घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । उहाँले दोषिलाई कानुन अनुसार कडा भन्दा कडा कारर्वाही गर्ने समेत प्रतिवद्धता जनाउनु भएको छ ।
तिजको समयमा सदरमुकाम तम्घास लगायतका क्षेत्रमा रातिको समयमा तिज गितहरु गाउँने प्रचलनले आपराधिक क्रियाकलापहरु बढ्ने भएको हुदाँ त्यस तर्फ पनी प्रहरीले निगरानि गर्नुपर्ने कुरामा समेत ध्यानाकृष्ट गरिएको थियो । प्रहरी नायब उपरिक्षक महेन्द्र नेपालले त्यस तर्फ आफुले चासो राखेको भन्दै सकेसम्म राति दश बजे पछाडी तिजका गितहरु गाउँनलाई प्रतिवन्ध लगाउने बताउनु भएको छ ।
कार्यक्रममा रेडियो रेसुङ्गा संञ्चालक समिति अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ ,संचालक भुवन प्रसाद श्रेष्ठ, श्रीप्रसाद भलामी कृष्ण प्रसाद पोखरेल स्टेशन म्यानेजर अनिता खत्री, समचार प्रमुख नारायण प्रभात मरासिनी, प्राविधिक प्रमुख राजेश सेन लगायतको सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend