साझा नेटवर्क
सज्जन ढकाल गुल्मी पौष १३।
कालिगाण्डकी गाउँपालिका पुर्तिघाट गुल्मिमा नेपाल कम्युनिष्ट पार्टीले यहि पौष १२ गते कार्यकर्ता अगुवा भेला सम्पन्न गरेको छ ।
जिल्ला कमिटी सदस्य तथा कालीगण्डकी गाउँ कमिटी अध्यक्ष रामजी ढकालको अध्यक्षतामा कार्यक्रम सुचारु गरिएको थियो । जिल्ला कमिटी सदस्य लिल बहादुर क्षेत्रिले कार्यक्रम सन्चालन गरेका थिए । त्यस्तै नेपाल सरकारका परराष्ट्र मन्त्री ने.क.पा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।
नेकपा जिल्ला कमिटीका बरिष्ठ नेता टीकाराम ढकाल ,जिल्ला कमिटि सदस्य तथा कालीगण्डकी इन्चार्ज तेजिन्द्र सलमी,चित्र बहादुर थापा, सचीव मोहनी लाल भट्टराई, बोम बहादुर सुत्पराइ, झबी पाण्डे लगायत स्थानिय जनसुदायको व्यापक उपस्थित रहेको थियो।
उक्त कार्यकर्ता भेलालाई नेपाल सरकारका परराष्ट्र मन्त्री तथा स्थायी कमिटी सदस्य प्रदिप कुमार ज्ञावलिले विशेष सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै पद र सक्तिको आडमा कसैलाइ पनि संरक्षण नहुने ,देसमा यतिबेला स्थायी सरकार गठन भएकाले अस्थिरताको बाटो निर्माण गर्दै भ्रष्टाचार गर्ने भ्रष्टहरु आत्तिएको बताए । साथै देशमा तीन तहको सरकार निर्माण भयकाले भ्रष्टाचारि जो कसैलाइ पनि नछोडने दाबी गरे । साथै तिनै तरहबाट निग्रानी र नियम कानुन सबैलाइ बराबरी भयकाले कसैलाइ पाखा र कसैलाइ काखा नगरिने बताएका छन । पछिल्लो समयमा द्रुत गतिमा निर्माण भयको कालीगण्डकी करिडोर लगायत अन्य सडकहरु र स्थानिय उत्पादनलाइ जोड दिदै आर्थिक तवरमा बलियो बन्न विशेष सुझाव दिए ! आफुले निर्बाचनमा घोषणा गरेका प्रतिबद्धताहरु पूरा गर्दै स्थानिय तहको बिकास परिवर्तन र समृद्धिनै आफ्नो मुख्य यजेण्डा रहेको दाबी समेत गरे ।
उक्त अगुवा भेलामा नेपाली काङ्ग्रेसका ८५ जना कार्यकर्ता मन्त्री ज्ञावलिको हातबाट टीका ग्रहण गर्दै नेपाल कम्युनिष्ठ पार्टीमा प्रबेस गरेका छन । स्थानिय निकायमा व्यापक रुपमा भ्रष्टतन्त्र मौलायको ,बिकास निर्माणका कार्य हुन नसकेको स्थानिय सरकारले स्थानिय जनसुदायको जनभावना अनुरुप काम गर्न नसकेकाले र विभिन्न बिकृती बिसङ्गतिलाइ अङ्गाल्दै प्रजातान्त्रिक मुल्यमान्यतालाइ धरापमा डुबानुका साथै कालीगण्डकी गाउँपालिकाको नेतृत्वले बिकासका पुर्वाधार शिक्षा ,स्वास्थ्य ,यातायात,खानेपानी,जस्ता संबेदनसिल क्षेत्रमा व्यापक लाहप्रवाही र जनमतको दुरुपयोग गरेको ससन्तुस्टी जाहेर गर्दै नेकपामा प्रबेस गरेको बताए । अब युगौ युग सम्म नेकपाको झण्डा मुनि बस्दै सैद्धान्तिक मूल्य र मान्यतालाइ आत्मसाथ र अनुसरण गर्दै अगाडि जाने नवप्रबेसी एक कार्यकर्ताले जानकारी दिए ।
कार्यक्रममा जयखानी मुल्क बाट जङ्ग बहादुर दर्लामी, केसु पान्डे ,दुर्गा गुरुङ्ग, गौ प्रसाद बिस्वकर्मा,हरि बुढा ,जमुना थापा,लिमा आले,लक्षु बुढा ,गान बहादुर बुढा ,लगायय अन्य ६८ जना र लम्सराङ्ग बाट ईश्वरि राना,गौरव राना ,थमन थापा ,एम बहादुर राना ,पुर्तिघात बाट चन्द्र बहदुर राना,ओम बहादुर राना, मन बहादुर राना,सिमन राना ,एम बहादुर राना,नर बहादुर राना, लिला कुमारी थापा ,कौशिला थापा ,रेशम परिवार ,कुमारी फौजा , लगायत अन्य नेपालि काङ्ग्रेस परित्याग गरि ८५ जना कार्यकर्ता नेकपा मा प्रवेश गरेका छन ।
स्थानिय निकायको निर्वाचन भयको अढाइ बर्ष बितिसक्दा पनि बिकास परिवर्तन र समृद्धि शून्य गतिमा पलेटिमारी बसेको कालिगण्डकी गाउँपालिकाको नेतृत्व औचित्य हिन भयको बिकासात्मक तथ्याङ्कको उपलब्धी भन्दा पनि प्रसासन बेरुजु र अनियमितताको चङ्गुलमा फोहर पदूषण युक्त रबैया प्रस्तुत गरेको कालीगण्डकी गाउँकमिटी अध्यक्ष राम्जी ढकालले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend