logo
  • शुक्रबार, असोज ९ २०८३

डान्स आइडलकि बिजेता खनाललाई वडाद्धारा सम्मान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सृजना आचार्य,कपिलवस्तु पुष ८।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ५ कोपवाद्धारा झण्डा निवासी पिता दिनेश खनाल र माता गोमा खनालकी सुपूत्री हालै सम्पन्न ११ औ कपिलवस्तु महोत्सव अन्र्तगत नवौँ डान्स आइडलकी उपाधी विजेता निशा खनाललाई मंगलवार एक कार्यक्रमको आयोजना गरी दोसल्ला ओडाएर नगद सहिद प्रसंशा पत्रले सम्मान गरिएको छ ।

प्रसंसा पत्र प्रदान गर्दै वाणगंगा नगरपालिका ५ का वडा अध्यक्ष भिष्मराज भुसालले विजेता खनालको कलाकारीताको यात्रालाई अझ उत्साहित पार्दँै सफलताको शुभकामना व्यक्त गर्दै जिल्लाको मात्र नभइ देशव्यापी रुपमा पहिचान बनाउन सुझाव दिनुभयो ।

साथै उहाँले विजेता खनाललाई कपिलवस्तु डान्स आईडलमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी,शुभेच्छुकहरुलाई वडाका तर्फबाट धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि वडाले यस्ता जुनसुकै प्रतिभालार्ई पनि सहयोग र सम्मान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

त्यस्तै सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी एवम् बुद्धिजिवी चिरञ्जिवी गिरी,वालकृष्ण खनाल लगाएतले वडाले गरेको उदाहरणीय कार्यप्रति सहारनिय गर्दै विजेता खनालले आफ्नो प्रतिभा देशव्यापी रुपमा चिनाउन सफल भएकोमा उज्वल भविष्यको शुभकामना व्याक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend