साझा नेटवर्क
कपिलवस्तु पुष ७।
कपिलवस्तु स्थित आफ्नै घरमा बोलाएर क्षेत्र नं ३का सांसद एवम नेपाली कांग्रेसका नेता अभिशेष प्रताप शाहले गत चुनावमा राप्रपावाट कृष्णनगरका मेयरका उम्मेदवार एवम भोजपुरी चलचित्रका नायक श्याम कुमार मिश्रालाई टाउकोमा चोट लाग्ने गरी कुटपीट गरेको घटना प्रति गंभिर आपत्ति प्रकट गर्दै राप्रपा कपिलवस्तुले विज्ञप्ती निकालेर उनलाई अविलम्व पक्राउ गर्दै कानुनी शासन छ भन्ने प्रत्याभूत दिन सरकारसंग माग गरेको छ ।
जिल्ला अध्यक्ष नारायण वहादुर सिंहद्धारा जारी विज्ञप्तीमा प्रहरी प्रशासनलाई कुनै दवाव र प्रभावमा नपर्न आग्रह गरिएकोछ । आफ्ना कार्यकर्ता पार्टीकै कार्यक्रमवाट फर्कने क्रममा उनलाई शाहले घरमा वोलाउन पठाएर निर्घात रुपमा मरणासन्न हुनेगरी कुटपीट गरेको राप्रपाको दाविछ ।
आफ्ना गाडीका चालक शशि कस्यपलाई बोलाउन पठाएपछि शाहका घरमा पुगेका मिश्रालाई कोठाभित्र थुनेर सांसद शाह र ड्राइभर कस्यपले मरणासन्न हुनेगरी कुटपीट गरेको पीडित पक्षका आफन्तले तत्काल प्रहरीमा जानकारी दिएका थिए ।
मरणासन्न हुनेगरी कुटपीट पछि सांसद शाहका ड्राइवरले उनलाइ गाडीमा राखेर कृष्णनगर बजार स्थित सडकमा ल्याएर छाडेका थिए ।स्थानीयतले घाइते मिश्राको उद्धार गरी बहादुरगंज पठाएकोमा उनको गंभिर अवस्था देखेपछी बुटवल रिफर गरिएको थियो ।qq
कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शम्शेर जवराले मिश्राले सांसद शाह र उहाका ड्राइवरले कुटपीट गरेको भन्ने जानकारी प्रहरीमा दिएको वताउनु भएको थियो । यसैबीच पीडीत मिश्राले आइतवार कृष्णनगर स्थित इलाका प्रहरीमा आफूलाई सांसद शाह र उनका ड्राइवरलेले गंभिर रुपमा कुटपीट गरेको भन्दै लिखित निबेदन दिएर कारवाहीको माग गर्नु भएको छ ।
यता सांसद शाहले अर्काे एक विज्ञप्ती जारी गरेर आफूले कुटपीट नगरेको दावि मात्र गर्नु भएको छैन उल्टै श्याम कुमार मिश्रा आफूमाथि जाइलागेको हाँस्यास्पद तर्क समेत गर्नु भएको छ । उहाले मिश्राले अत्याधिक मापसे गरेर गाली गलौजमा उत्रेको समेत वताउनु भएको छ।
संचार माध्यमले आफ्नो मानहानी गरेको वताएका शाहले आफुूले कानुन हातमा लिएर अपराध गरेको घटनालाई राजनैतिक दाउपेच र आवरणमा मोह्मद अफताफ आलम कै पाला जस्तो दिउसै रात पार्ने काम गर्नु भएको छ ।
यता घाइते मिश्राले आफू लामो समयदेखि रुद्राक्ष पहिरीएर हिड्ने गरेको र कहिल्यै पनि मदिरा नलिने गरेको आम कृष्णनगरवासी बीच छर्लंग रहेको दावि गर्दै सांसद शाह झुटको पुलिन्दा रहेको वताउनु भएको छ । यसरी सांसद शाहले हुदै नभएको आरोप लगाएर फेरी अर्काे गल्ती गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend