logo
  • शुक्रबार, असोज ९ २०८३

विपतले आहत बनेका पिडितको मनमा महलम लगाउदै सुरक्षाकर्मी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल गुल्मी, श्रावण  १३।
जिल्लामा भएको विपद ब्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको सक्रिय सहभागीता देखिएको छ । केही दिनदेखि लगातार परेको अविरल बर्षाका कारण जिल्लाका विभिन्न स्थानमा मानविय तथा भौतिक क्षति भएको छ । उद्धार तथा व्यावस्थापनमा सक्रिय देखिएका जिल्लाका तीन वटै सुरक्षा निकायको कामले विपद्मा आहत भएका मनहरुमा मलम लगाए जस्तो भएको स्थानीय बताउाछन् ।

13883853_1079221088798341_1306735312_n
अविरल बर्षाले जिल्लाका बढीगाढ, निस्ती, छल्दी पनाह, र कालीगण्डकी नदीमा पानीको बहाव बढ्दै गएपछि धेरै भौतिक क्षति भएको छ । क्षति भएका स्थानमा उद्धार तथा फेरी हुन सक्ने संभावित क्षति न्यूनिकरण गर्न अहिले विभिन्न स्थानमा उनीहरुले काम गरिरहेका छन् । भौतिक क्षति बढि भएका बढिघाट खोला छेउछाउका मानिसहरुलाई सजग तथा सचेत भएर बस्न तीनबटै सुरक्षा निकायले आग्रह गरिरहेको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका गुल्मपति दिग बिजय सुवेदीले जानकारी दिए । 13631487_1065175120242059_3791409828349537646_nशसस्त्र प्रहरीले पम्पेलेट नै छपाएर सुरक्षा सर्तकता अपनाउन र उद्धार एवं सहयोगमा जुट्न अभियान संचालन गरिरहेको सुवेलीले बताए । बढीगाढ खोलाको उच्च जोखिममा रहेका उल्लीखोला र चोरकाटे बजारमा बढीगाढ नदी बस्तीभित्र छिर्न नदिन, जमिन कटान रोक्न तथा बिस्थापितहरुलाई सुरक्षित स्थानमा सार्ने काममा उनीहरुले तीन दिन देखि काम गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता प्रहरी नायब उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।13672267_1079221495464967_1363439812_n त्यस स्थानमा जोहाङ्ग प्रहरीले उद्धार तथा पीडितहरुको क्षतिको विवरण संकलन गर्ने तथा क्षतिपूर्तिको लागी सिफारिस गर्ने काम गरिरहेको नेपालले बताए । साथै सुरक्षाकर्मीको टोलीले उच्च जोखिममा रहेका उल्लीखोला बजारका ५८ घर परिवारका सामानहरु पनि सुरक्षित स्थानमा सार्ने तथा अस्थायी टहरा निर्माण गर्ने काम गरेको छ ।13874816_1079221385464978_653673215_n

रेडक्रसले दिएको त्रिपालले अस्थायी टहरा निमार्ण गर्ने, मरेका पशुचौपायलाई व्यावस्थापन गर्ने काम सकिएको गुरुगोरख गुल्मका गुल्मपति महेन्द्र बहादुर पुनले बताए ।APF

उनले उल्लीखोला र चोरकाटेका १९ आंशिक र ६ पूर्ण क्षति भएका घरपरिवारलाई रेडक्रसले दिएका एक/एक थान कम्बल र त्रिपाल बितरण गरेको बताए । सह सेनानी सुमन जंग केशीको नेतृत्वमा १५ जना नेपाली सेनाको टोली त्यहाा पुगेको थियो ।DSC_0000193

साउन ११ गते नै उल्लीखोला सुरक्षाकर्मीको टोलीले बजारमा मानिसहरुलाई तथा घरमा भएका सामानहरु सुरक्षित स्थानमा सार्ने तथा बिपतमा गिरेको मनमा मलम लगाउने काम गरेको स्थानीय बिष्णु भण्डारीले जानकारी दिइन् ।DSC_0000195

लगातारको अविरल बर्षाले बढिघाट नदि किनारका सयौ बिगाहा खेत बगाएको छ । भने १ सय भन्दा बढि घर परिवार बिस्थापित भएका छन् । केहि घर र झलुङ्गे पुल समेत खोलाले बगाएको छ ।DSC_0000198

अहिले जिल्लाका सवै बिद्यालय बन्द छन् भने अधिकांश सडक अवरुद्ध बनेका छन् । उल्लीखोलामा अहिले खोलाको ढुङ्गा बोकेर पर्खाल उठाउने र नदि कटान रोक्ने काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend