logo
  • शुक्रबार, असोज ९ २०८३

११ औँ कपिलवस्तु महोत्सव : भव्य र सभ्य रुपमा समापन गर्ने आयोजकको तयारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सृजना आचार्य,कपिलवस्तु मंसिर ३०।
कपिलवस्तुको बुद्ध रंगशाला जितपुरमा मंसिर १९ बाट सुरु भएको ११ औँ कपिलवस्तु महोत्सवको समापन भोली भव्यताका साथ गरिने भएको छ । समापन समारोलाई भव्य बनाउन सबै तयारी गरिएको आयोजकले जनाएको छ ।

मंसिर १९ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्धघाटन गर्नुभएको महोत्सवको समापन कार्यक्रममा पूर्व मन्त्री गगन कुमार थापा आउनुहुने भएको छ । नेपाली कागं्रेसका याुवा नेता समेत रहनुभएका थापाले मंगलबार कपिलवस्तु महोत्सवको समापन गर्ने कार्यक्रम रहेको अयोजक संस्था वाणगंगा वेयलफेयर सोसाईर्टीका महासचिव एवम् महोत्सव मूल आयोजक समितिका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनुभयो ।

महोत्सवको समापन समारोह मंगलबार दिउसो १ बजे देखि सुरु हुने महोत्सव मूल आयोजक समितिका मिडिया संयोजक गणेश पोख्रेलले बताउनुभएको छ ।एक दशक पार गरी एघारौँ संस्करणको रुपमा आयोजना गरिएको कपिलवस्तु महोत्सवलाई भव्य र सभ्य बनाउन हरेक दिन हजारौँ दर्शकहरुले उपस्थिति जनाएका थिए ।

सोहि अनुसार सोमबार पनि हजारौँ दर्शकहरुको महोत्सवमा उपस्थिति रहेको छ । पहिलो पटक कपिलवस्तु महोत्सवमा होलिकप्टर सवारी पनि राखिएको थियो । हेलिकप्टरबाट झण्डै ६० जना बढिले सवार गरेका छन् ।यस्तै महोत्सवको अर्काे महत्वपूर्ण आकर्षणको रुपमा हेरिने नवौँ कपिलवस्तु डान्स आईडलका प्रतिभाहरुले समेत कपिलवस्तु महोत्सवको रौनकतालाई बढाएको आईडल संयोजक अमृत के.सीले बताउनुभयो ।

सोमबार टप फाइनलका प्रतिभाहरुको प्रस्तुति रहेको थियो । आज सुरक्षा अधिकारी बाहिरिनुभएको छ । अधिकारी बाहिरीए सँगै अब चार जना रहेका छन् । यस वर्ष डान्स आईडल बन्ने प्रतिभाले नगद १ लाख ११ हजार १ सय ११ रुपैँया नगद सहित विभिन्न अकर्षक मायाको चिनो पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यसैबिच महोत्सवमा आज राष्ट्रिय कलाकारहरु सहित स्थानिय कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् ।

पछिल्लो समय बोल माया, गल्बन्दी लगाएतका गीतहरुबाट राम्रै चर्चा बनाएका लोक तथा दोहोरि गायक प्रकाश सपूत सहितका राष्ट्रिय कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका हुन ।आज ८ हजार दर्शकले मेला अवलोकन गरेका छन भने यस्तै भोली पनि राष्टिय कालकारहरुको बेजोड प्रस्तुति सहित ११ औँ कपिलवस्तु महोत्सवको भव्य समापन गरिने आयोजकले तयारी पनि

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend