logo
  • शुक्रबार, असोज ९ २०८३

MRRले मनायो आठौं वार्षिक उत्सव


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

लक्ष्मी पौडेल, जापान।
फेसबुक संजालबाट संगठित भई फिल्डमा उत्रिएर सामाजिक कार्यमा अग्रसर युवाहरुकाे समुह “Mens Room Reloded” MRR ले स्थापनाकाे आठौं वार्षिक उत्सव सम्पन्न गरेकाे छ।

देश तथा विदेसमा कार्यक्रम भएसंगै जापानको टोकियोमा पनि यहि डिसेम्वर ११ तारिख सिनओकुवोको सोलमारी हलमा भब्यरुपमा कार्यक्रम गर्दै सम्पन्न गरेकाे हाे।

नेपालकाे राष्ट्रिय गितवाट सुरु गरिएकाे कार्यक्रममा राेजगारिकाे शिलशिलामा नेपालवाट जापानमा आयर ज्यान गुमाउने नेपालिहरुकाे मृत आत्माकाे चिर शान्तिकाे कामना गर्दै माैनधारण गरेर कार्यक्रमकाे सुरुवात गरिएकाे थियाे।

जापानको टोकियो क्षेत्रमा रहेका एडमिन प्यानल तथा युवाहरुकाे उत्साहजनक सहभागिता रहेकाे कार्यक्रममा

उपस्थित सम्पुर्णले ग्रुप सफलतापुर्वक आठाैं वर्षमा प्रवेश गरेकाेमा शुभकामना दिंदै ग्रुपकाे प्रगतिकाे चर्चा गर्दै आगामि कार्यक्रमका बिषयमा समिक्षा गरेका थिए।

MRR ले आफ्नाे आठाैं वार्षिकोत्सव काे अवसरमा कपन काठमान्डौमा असहाय बालबालिकाको लागि कपडा र राैतहत मा फुटबल सामाग्रि बितरण गर्नुका साथै कालिका नगरपालिका ५ चन्द्रनिगाहपुरमा अनुमानित १३ लाख काे लागतमा एक प्राथमिक विधालयकाे निर्माणकाे लागि शिलन्यास गरेकाे छ।जसकाे लागि MRR जापानले आर्थिक संकलन सुरु गरेकाे छ।

MRR JAPAN का फाउन्डर एड्मिन अरूण जंग पुरिले स्वागत मन्तव्य राख्नुभएकाे कार्यक्रममा एड्मिन प्यानलका नेत्र पान्डेयकाे सञ्चालनमा सम्पन्न भएको थियो।

MRR JAPAN मा आवद्द युवाहरुकाे ग्रुपले नेपालमा भुकम्प गएकाे समयमा आर्थिक संकलन,जापानमा नेपाली बिद्यार्थीका समस्यामा सहयोग गर्ने तथा विकृति विसङगतिविरुद्द आवाज बुलन्द गर्ने जस्ता सामाजिक कार्यहरुमा अग्रसर हुंदै आएकाे छ।

सन् २०११ डिसेम्बर ११ मा खोलिएको फेसबुक ग्रुपमा देश देखि परदेशसम्म स्थापनाकालदेखिनै युवाहरु अग्रसर हुंदै आएका छन।अहिले १ लाख युवाहरु ग्रुपमा आवद्द रहेका छन।

केही समय अगाडि निर्मला पन्तको न्यायको लागि सरकारलाई दबाब दिने उद्देश्यले ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने पोष्टर डिजाइन गरेर टाँस्ने कामको सुरुवात पनि यस ग्रुपका सदस्यहरुले गरेका थिए । प्रहरीले पोष्टर च्यातेपछि देशव्यापी रुपमा सो अभियानले गति लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend