साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी मंसिर २५ ।
गायक सन्जिब खरेल र निकिता थापाको स्वरमा रहेको म्युजिक भिडियो ‘प्रेम कहानी’ सार्वजनिक भएको छ। जसमा गायक स्वयंमको स्वरमा रहेको गितमा झापाकी उषा उप्रेती र गुल्मेली सागर थापाले उत्कृष्ट मोडलिङ गरेका छन्।

सागर थापा गुल्मीको मालिका गाउँपालिका ४ अर्खबाङका हुन । उनले थुप्रै नाटक तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन । भने उषा टिकटकमा निकै चर्चित छन । भिडियोलाई प्रबिन भट्टले निर्देशन तथा सम्पादन गरेका छन ।
उच्च प्रबिधिको प्रयोग गरेर निर्माण गरिएको भिडियोको निर्देशन र सम्पादन पक्ष पनि त्यतिकै उत्कृष्ट देखिएको छ।
लुम्बिनी लगायत देशका विभिन्न स्थानमा पुगेर छायाङ्कन गरेकाले भिडियोमा मिहेनत पनि उत्तिकै देखिन्छ।
भिडियोलाई विपि फिल्मस् नेपालले निर्माण गरेको हो। भिडियोमा अनिल के मानन्धर र करन चैसरले छायांकन गरेका छन । भने संगित संयोजन उदयराज पौडेलले गरेको म्युजिक भिडियोमा कोरियोग्राफी भने प्रमोद भण्डारी गरेका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend