logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा ५० वर्षको ईतिहासमै सबै भन्दा ठुलो पानी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली भारत श्रावण ११।
केहि दिन देखी परिरहेको अबिरल बर्षाले गुल्मीको कयौ ठाँउमा पहिलो गएर जनधनको क्षति भएको छ भने कालिगण्डकी नदि र बडिघाट आसपासका बस्तीहरु चोरकाटे, रिडी, सेतिबेनीको तल्लो भाग डुबानमा परेका छन भने बढिघाटले तिन वटा पुलहरु बगाएको छ ।
gulmi
रिडी बजारको बगरमा रहेका टहराहरु बगाएको छ । पचास बर्षकै ईतिहासमा सबै भन्दा ठुलो पानी परेको छ । चोरकाटे बजारमा पानी पसेको छ भने खेतहरु बगाएको छ । भौतिक क्षतिको बिबरण आईपुगेको छैन भने मानबिय क्षति भएको छैन । केहि दिनदेखी परिरहेको अबिरल बर्षाले भुर्तुड्ग गाबिसको कराड्गतुड्गको करानथानामा घर माथिबाट पहिरो गएपछि बस्ति नै प्रशासनले खाली गराएको छ ।

करानथानामा गगन बहादुर कार्कीको घर पहिरोमा परेको छ भने थप क्षतिको आशंकामा करान थानामा रहेका पाँच घरहरु भुर्तुड्ग प्रहरी चौकीले खाली गराएर कराड्ग तुड्ग ल्याएको छ । अबिरल बर्षाले कराड्ग तुड्गमा दुर्गा बहादुर सुबेदीको घरभत्काएको छ । भुकम्पले चर्काएको सुबेदीको घर अहिले ध्वस्त पारेको छ ।

भुर्तुड्गका समाजसेवी गोपाल श्रेष्ठले करानथानाबाट पिडितहरु लाई उद्धार गरेर कराड्गतुड्ग ल्याएको र आबस्यक सामाग्रीको ब्यावस्था गर्न लागेको बताएका छन । पहिरोले गुल्मी -भुर्तुड्ग सम्पर्क समिति (भारत)का अध्यक्ष टिका बहादुर कार्की, किशन कार्की, तेज बहादुर कार्की र मान बहादुर कार्कीको घरलाई पनि थप क्षति पुर्याउन सक्ने भन्दै प्रशासनले उच्च सावधानी अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend