साझा नेटवर्क
कपिल ज्ञवाली, बुटवल श्रावण ११।
बुटवल १३ देबिनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल तिनाउको बाढीले बगाएको छ। तिनाउको यो पुल बगाएपछि स्थानीयहरु भागाभाग भएका छन् भने नदी बस्तीमा पसेको छ ।

११ हजार जना रहेको तिनाउ वरपरको सुकुम्बासी बस्तीभर पुरै सन्त्रास छाएको छ । उद्धारका लागि प्रहरी परिचालन गरिएको छ भने स्थानीयहरु सो स्थान छाडेर भागेका छन् । बुटवलको प्रगतिनगरमा ५ वटा घर बाढिले बगाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend