साझा नेटवर्क
सृजना आचार्य,कपिलवस्तु,मंसिर २३ ।
चर्चित लोक तथा दोहोरी गायक एवम् सर्जक सन्तोष केसीले निरन्तर रुपमा एक पछि अर्को गर्दै गीतहरु सार्वजनिक गरेका छन् । उनले ल्याएका गीतहरुमा समाजका वास्तविक चित्रण गरेको पाईन्छ । सोहि क्रममा मनछुने गिती एल्वम “आँशु” सार्वजनिक भएको छ । गायक तथा सर्जक सन्तोष केसीको एकल स्वरमा रहेको उक्त गीतमा मायामा धोका खाएर आत्महत्या गरेको यथार्थतालाई विभिन्न शब्द मार्फत प्रस्तुत गरेका छन् ।
गीतमा कृष्ण सापकोटाको लय रहेको छ । आफ्नै आत्मा मार्यो भन्दिनु, किन गर्यो आत्महत्या भनेर सोध्नेलाई जिवन संग हार्यो भन्दिनु जस्ता शब्दहरु प्रयोग गरिएको छ । भिडियोमा भने वैदेशिक रोजगारमा काम गर्दाको पिडा झल्काईएको छ ।
भिडियो हेरेर अनि गीत सुनेर सल्लाह,सुझाव तथा प्रतिक्रिया दिन तथा मनपरे लाईक,कमेण्ट तथा शेयर गर्न गायक केसीले आग्रह गरेका छन् ।
भिडियोका लागि यो लिकंमा क्लिक हेर्नुहोस्…
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend