logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीेको रुरुक्षेत्रमा सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता सुरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, गुल्मी मंसिर २३।
गुल्मीको बम्घा बलेटक्सार युवा क्लब रुरुक्षेत्र गाउँपालीकाको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता हिजोबाट सुरु भएको छ ।

प्रतियोगिताको एक समारोहको बिच प्रदेश सांसद कमल श्रेष्ठ र गाउँपालीका अध्यक्ष निलकण्ठ गौतमले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै सांसद श्रेष्ठले खेलमा व्यवसायिक रुपमा युवा अगाडि बढे अहिलेको समयमा भविष्य उज्ववल रहेको बताउनुभएको थियो। क्लवका अध्यक्ष यदु ज्ञवालीले अहिलेको प्रतियोगिताले प्रदेश सरकार र  गाउँपालीका को सहयोगमा निर्मित खेलमैदानको प्रचारमा उल्लेख्य सहयोग पुगेको बताउनुभएको थियो ।

प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया र उपबिजेताले ५१ हजार ५ सय ५५ रुपैया पाउनेछ । उद्धघाटन समारोहको सन्चालन पदम श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend