साझा नेटवर्क
अनिल खत्री, गुल्मी श्रावण ११।
अबिरल वर्षा सगै गएको पहिरोमा पुरिएर गुल्मीमा पाँच जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाको हस्तिचौर १ मल्दीमा भिम बहादुर दर्जीको घर पुरिदा एकै घरका तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारि दिनुभयो । पहिरोले पुरिएर हस्तिचौर १ मल्दीका ४९ वर्षिय तुलसी दर्जी बुहारी १९वर्षिय अस्मिता दर्जी र ६२ वर्षिय कालिका दर्जी रहेका छन् ।
पहिरोले सोहि ठाउकै ५० वर्षिय बिष्णू सारू घाईते भएका छन् । पहिरोले पुरिएर गुल्मीकै बिश्वखर्कमा दुई जनाको मृत्यु भएको छ । बिश्वखर्क ९ का गोपाल रानाको घर पुरदा उनका छोरा ८ वर्षका सुजना राना र ६ वर्षका सिमना रानाको मृत्यु भएको नेपालले जानकारि दिनुभयो । यस्तै गुल्मीको हस्तिचोर गुर्वामा एक शब फेला परेको छ ।
अन्दाजी ५५ वर्षको पुरुषको शब फेला परेको प्रहरिले जनाएको छ । अबिरल वर्षाले गुल्मीको चोरकाटे र जुनियाँमा दुईवटा पक्की घर बगाएको छ । वर्षाले चोरकाटे, उल्लीखोला, रिडी. छल्दीपनाहा लगायता खोलाकिनारका दर्जनौ घर उच्च जोखोममा रहेको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend