पार्टिले वडा अध्यक्षका लागी टिकट नदिएपछि चुनावी मेदानमा उत्रिएक ऐरावती गाउँपालिका २ नेपानेका भिमेशकुमार घर्तीमगर बिजयी भएका छन् ।
उनले मगरले ८ सय ५५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी राजमोका भक्त बहादुर विकलाई उनले ३५१ मतले पछीपार्दै चुनाव जिते । नेपाली कांग्रेका भुपाल जिसीले ३५६ मत पाएका छन् । पार्टीको आग्रहलाई वेवास्ता गरी उनीले यसपाली स्वतन्त्र उमेदवारी दिएका हुन् । तर उनलाइ नेकपा प्यूठानले पुर्ण साथ दिएको थियो । ०७४ को स्थानीय तह निर्वाचनमा घर्तीमगर ११ मतले अध्यक्ष हुनबाट बञ्चित भएका थिए ।
यस्तै
ऐरावती गाउँपालिकाको वडा नम्वर १ मा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उमेदवार द्रोणप्रसाद पाण्डे विजयी भएका छन् । शनिवार सम्पन्न मतगणना अनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमंर रेश्मीमगरलाई ९ मतको अन्तरले पछी पार्दै उनी विजयी भएका हुन् । पाण्डेले ६ सय ९६ र मगरले ६ सय ८७ मत पाएका छन् । शनिवार भएको मतदान आइतवार दिउँसोमात्र मतगणना सकिएको हो ।