logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको रिमुवामा वडा अध्यक्ष पदका लागि मतदान हुँदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, मंसिर १४।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ६ रिमुवामा वडा अध्यक्ष पदका लागि उप निर्वाचन भैरहेको छ । वडा अध्यक्ष पदका लागि त्यस वडामा रहेको जनज्योति माध्यमिक विधालयमा रहेका २ वटा मतदान केन्द्रबाट विहान ७ बजे देखि मतदान भैरहेको
।
बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले सम्म ६ सय ५५ मत खसेको छ । जसमा केन्द्र (क) मा ३ सय १५ र केन्द्र (ख) मा ३४० मत खसेको हो । मतदानको केन्द्र जारी रहेको छ । रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वा्चित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि मतदान चलिरहेको हो ।

निर्वाचनमा नेकपा र नेपाली काँग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरिप्रसाद सिन्जालीले सुर्य चिन्ह नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामीले रुख चुनावी मैदानमा छन् ।

त्यस्तै सोहि वडाको वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्धवार मनबहादुर दर्लामीले सोली चिन्ह लिएर चुनावी मैदानमा छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend