साझा नेटवर्क
बाग्लुङ, श्रावण ११।
अविरल वर्षाका कारण बढीघाट खोलामा पानीको बहाव बढ्दै गएको छ । बढिघाट, दरम तथा गिरङ्दि खाेलामा पानीको बहाव निकै बढेको र बढीघाट नदीको सतहभन्दा बाहिर बाट बग्न सुरु गरेको जानकारी प्राप्त भएको छ ।
नदि किनारमा रहनु भएका घर परिवार सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बढीघाटले सतह छोडेर गुल्मीको भुवाचिदिबाट तल्लो बजारतर्फ पस्न लागेको प्राप्त जानकारीमा उल्लेख छ । पानी परिरहेको हुदा सबैलाई सचेत र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । अविरल वर्षाका कारण बढीघाट खोलामा पानीको बहाब धेरै बर्षपछि आएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend