logo
  • शुक्रबार, असोज ९ २०८३

राष्ट्रपतिद्वारा सहमतीय राष्ट्रिय सरकार गठनका लागि आह्वान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, श्रावण १०।
प्रधानमन्त्रीले राजीनामा दिएको भोलीपल्ट नयाँ सरकार गठनबारे देखिएको अन्यौल चिर्दै राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी छन । प्रमुख तीन दलका शीर्ष नेताहरुसँगको संयुक्त भेटवार्तापछि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसको निम्ति दलहरुलाई सात दिनको समयसीमा दिएकी छन्।160713172230_prachanda_oli_640x360_.._nocredit

उक्त आह्वान गर्ने बाटो खुला गर्न उनले सरकारको सिफारिस अनुसार बाधा अडकाउ फुकाउ आदेश जारी गरेकी छन्। संविधानमा नयाँ सरकार गठनको निम्ति स्पष्ट प्रावधान नरहेकाले बाधा अडकाउ फुकाउने आदेश जारी गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।छलफल कतिपयले त्यसको आवश्यकता नै नरहेको बताए पनि सरकारले गरेको सिफारिस अनुसार जारी उक्त आदेश अनुसार नै सहमतीय सरकार गठनको निम्ति आह्वान गरिएको राष्ट्रपति कार्यलयले जनाएको छ।

उक्त कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले भने, “सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरेर नयाँ मन्त्रिमण्डल बनाउन सात दिनको सयम दिएर आह्वान गरिएको छ।”सहमतीय सरकार निर्माणकोनिम्ति आह्वान गर्नुअघि राष्ट्रपति भण्डारीले संसदका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख नेताहरुसँग छलफल गरेकी थिइन्।

कुराकानीबारे राष्ट्रपति कार्यालय वा तीन नेता कसैबाट केही खुलाइएको छैन। सम्भावना काँग्रेसले पुनर्विचार गर्नुपर्छ, यदि देश बहुमतीय प्रणालीमा गयो अनेक अस्थिरता आउने र त्यसले संवैधानिक संकट समेत ल्याउने खतरा हुन्छ झलनाथ खनाल, पूर्वप्रधानमन्त्री संविधान जारी भए लगतै बहुमतीय सरकार बनाउन पुगेका दलहरु सहमतीय प्रणालीमा फर्किने सम्भावना कमजोर ठानिएको छ।

सबैभन्दा ठूला दुई दलमध्ये एउटा सरकार बाहिरै बस्नु पर्ने धारणा सार्वजनिक रुपमै प्रकट गरेको कांग्रेस र माओवादी केन्द्रबीच सरकारविरुद्ध बनेको गठजोडका कारण त्यस्तो आँकलन गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दै कांग्रेसको धारणालाई आधार बनाउँदै सहमतीय सरकारको सम्भावना नरहेको औंल्याएका थिए।तर प्रधानमन्त्री ओलीकै दलका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भन्छन्,

“नेपाली काँग्रेसले पुनर्विचार गर्नुपर्छ, यदि देश बहुमतीय प्रणालीमा गयो अनेक अस्थिरता आउने र त्यसले संवैधानिक संकट समेत ल्याउने खतरा हुन्छ।”सात दिनभित्र सहमतिको सरकार गठन हुन नसके त्यस लगतै बहुमतीय सरकार गठनको प्रक्रिया शुरु हुने छ।काँग्रेस र माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति यसअघि नै गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend