logo
  • शुक्रबार, असोज ९ २०८३

एक इन्च भूमि पनि कसैलाइ नछोड्ने प्रचण्डको दाबी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल,बागलुङ,मंसिर ०७ । 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुस्पकमल दाहाल प्रचण्डले नेपालको भूमि कसैको लागि एक इन्च पनि छोड्न नसकिने बताउनु भएको छ ।उपनिर्वाचनको सन्दर्भमा चुनावी सभालाई सम्बोधन गर्न बागलुङको बुर्तिवाङ जाने क्रममा गुल्मीको मुसिकोट नगरपालिकाको स्वागत कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय एकताको सन्देश दिँदै सरकारले राजनैतिक र कुटनैतिक प्रयास सुरु गरेको बताउनु भएको छ । प्रचण्डले भन्नु भयो “कालापानी, लिपुलेक, लिपुयाधुरा महाकालि पूर्वको भुभाग नेपालहो भन्ने सुगौलि सन्धिको वेलाको मान्यताको अतिक्रम भएको छ । जुन हामिलाई मान्य छैन, हामी एक इन्च भूमि कसैलाइ छोड्न सक्दैनौ र अर्काको एक इन्च भूमि हामिलाई चाहिएको छैन।

” प्रचण्डले राज्यको गुणात्मक परिवर्तन भैरहेको भन्दै नयाँ संरचना भएकोले केहि समय लागेको अव विकासमा अगाडि बढ्न लागेको बताउनु भएको छ । ७० वर्ष पछि नेपाली जनताले स्थीर सरकारको पाएको भन्दै ३ वर्षमा विकासले फट्को मार्ने बताउनु भयो । हालै पार्टिको कार्यकारी अध्यक्ष बन्नुभएका प्रचण्डले तत्कालै स्थायी समितिको बैठक वसि देश व्यापी कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको छ। कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विष्णु पौडेल लगाएतको सहभागिता रहेको थियो ।

स्वागतको लागी मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा लगाएत पार्टी नेता कार्यकर्ताको सहभागिता रहेको थियो । आजै दिउसो अध्यक्ष प्रचण्ड, सहितका नेताले बुर्तिवाङमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend