साझा नेटवर्क
प्रेम सुनार, गुल्मी श्रावण १०।
गुल्मीको पहिलो र एक मात्र टेलिभिजन रेसुङ्गा टेलिभिजन आज देखि दोश्रो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा रेसुङ्गा टेलिभिजनले आफ्नो प्रथम वार्षिकोत्सव गरेको छ । वािर्षकोत्सवको (गुल्मीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी रानाले अहिलेको जमनामा सञ्चार माध्यम भनेको ठुलो शक्ती भएकोले त्यही किशिमले रेसुङ्गा टेलिभिजन अगाडी बढेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसकी जिल्ला प्रतिनिधी विष्णुकुमारी सापकोटा , नेकपा एमालेका सचिवालय सदस्य जंग नेपाली, नेकपा माओेवादी केन्द्रका केन्द्रिय सदस्य विरबहादुर कार्की नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, गुल्मी उद्योग वाणिज्य संघका महासचिव तारा भुसाल , किरण पुस्ताकालयका संस्थापक एवं पुर्व क्याम्पस प्रमुख शशी पन्थी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी तथा जिल्ला विकास समितिका योजना आधिककृत राजेन्द्रप्रसाद पोखरेल , जिल्ला प्रहरी प्रमुख एसपी भोला रावल , शसस्त्र प्रहरी प्रमुख डिएसपी डिपी सुवेदी ,राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीका वरिष्ठ अनुसन्धान सहयाक विजय कार्की , जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक प्रेम श्रेष्ठ जनस्वास्थ्य अधिकृत वालकृष्ण श्रेष्ठ, नेपाल रेडक्रश सोसाईटीका जिल्ला सभापति अनुपकुमार श्रेष्ठ , नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष जनार्दन घिमिरे, घनाश्याम गौतम लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रेडियो रेसुङ्गा नारायण डिबी परियार , शिलु भट्टराई , तुल्सीङ्ग म्युजिक, सिता राना, रमा थापा, गण्ेोश अधिकारी टेकु बिसी, , मोडल कृष्ण वावु, टिकाराम पोखरेल, हाँस्य कलाकार अर्जुन कुँवर र सविन क्षेत्री र फ्याण्टास्टीक गु्रपका कलाकारहरुको वेजोड प्रस्तुतीले कार्यक्रम स्थल तम्घासको वालमन्दिर प्रङ्गाण मनोरञ्जनमय बनेको थियो ।
कार्यक्रममा पहिलो पटक गुल्मीमा तम्घास केवुल सञ्चालन गरेर श्रव्य दृश्यद्धारा सञ्चार माध्यमको विकास गर्ने तम्घासका समाज सेवी प्रितम केसी र उहाँकी धर्म पत्नी सुस्मा केसीलाई र सरकारी सरकारी निकायमा दर्ता गरेरै वैधानिक किशिमले टेलिभिजन सञ्चालन गरेर गुल्मी जिल्लावासीलाई श्रव्य दृश्य सहितको सञ्चार माध्यम पस्कीने विशेष भुमिका खेले वापत टेलिभिजनका प्रवन्ध निर्देशक सुमन पाण्डेलाई सम्मान गरिएको थियो ।
वार्षिकोत्सवका अवसरमा टेलिभिजनका कर्मचारी, कलाकारहरु र सहयोगदाता सवैलाई सम्मान गरिएको थियो । रेसुङ्गा टेलिभिजन सञ्चालक समितिका अध्यक्ष काशीनाथ पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाचार प्रमुख प्रेम सुनारको स्वागत मन्तव्य र सञ्चारकर्मीद्धयः भुवन भुसाल तथा अशोक सोमैको सञ्चालन रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend