logo
  • शुक्रबार, असोज ९ २०८३

लोकमार्गको बागलुङ खण्डमा समयमा काम नगर्ने ठेकेदारलाइ कार्वाहि गर्ने नेकपा स्थायी समिति सदस्य पौडेलको खुलासा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल,बाग्लुंग कार्तिक ३० ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले मध्यपहाडि लोकमार्ग अन्तरगत बागलुङ घोडावाँधे क्षेत्रको सडकको समयमा काम नगरेको भन्दै ठेक्का तोड्ने र कार्वाहि गर्ने तयारी भएको खुलासा गरेका छन् ।वाम गठवन्धनले बडिगाड गाउँपालिका दुई दनियामा गरेको चियापान कार्यक्रममा विकास आयोजनामा ढिला हुनुमा सरकार मात्रै दोषि नहुने भन्दै संघिय सांसद समेत रहनुभएका पौडेलले सो खुलासा गरेका हुन् । सो सडकको ठेक्का पाएको सुर्य कन्ट्रक्सनको मंसिर अन्तिममा समयावधि सकिदै छ । मध्यपहाडि लोकमार्ग अन्तरगत वागलुङ खण्डको अन्य सडक स्तरउन्नती सहित कालोपत्रे हुँदा पनि सदरमुकाम जोडिएको २५ किलोमिटर सडकमा पुर्ण काम हुन सकेको छैन ।

सो कार्यक्रममा सांसद पौडेलले देशको सार्वभौमिकता र सिमाको सन्दर्भमा विगतका आफ्ना नेताका भुमिकालाई हेर्न काग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपा प्रति भ्रम नफैलाउन चेतावनी दिएका छन् । सरकारले कुटनैतिक माध्यमबाट सवै समस्या समाधान गर्ने उनले बताए । वर्तमान सरकारले लोडसेडिङ अन्त्य गरेको, झण्डै ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको, सुरुङ मार्ग सुरु गरेको भन्दै दर्जन वढि कामको फेहरिस्त सुनाए ।कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य, गण्डकी प्रदेश व्युरो प्रमुख राजेन्द्र ढुंगानाले कम्युनिष्ट सरकारले सकारात्मक परिवर्तनका कामहरु गरिरहेको भन्दै समृद्धि कम्युनिष्ट वाहेकवाट नहुने ठोकुवा गरे । जिल्ला समन्वय समिति बागलुङको प्रमुख समेत रहेका ढुंगानाले जिल्लाको समग्र विकासको लागि कम्युनिष्ट सरकार लागि रहेको दावी गरे । उनले अवको चुनावमा जिल्लाका सवै वडा कम्युनिष्टको हुने भन्दै सवै कार्यकर्ताहरुलाई चुनावमा होमिन आग्रह गरेका छन् ।

कार्यक्रममा प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले प्रदेश सरकार जनताको समृद्धिको लागि दृघकालिन योजनाको साथ लागेको बताएका थिए । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सवै नागरिकलाई उत्पादनमा जोड्ने गरि योजना बनाएको बताए । कार्यक्रममा वडा अध्यक्षका प्रत्यासी ढाल प्रसाद शेरचन (ढालेन्द्र) ले आफु निरन्तर समाज सेवामा लागेको र थप जिम्मेवारी सहित विकासको लागि केन्द्रिय पहुँच सहित काम गर्न आफ्नो उमेद्वारी भएको भन्दै आफुलाई मत दिन मतदातालाई आह्वान गरेका छन् ।सो कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख समेत रहनुभएको नेकपा जिल्ला नेता विष्णु भुसालले २ वर्षको अवधिमा वडा नं. २ मा गरेको कामको फेहरिस्त जानकारी गराएका थिए । कार्यक्रममा नेपाली काग्रेसको तर्फवाट स्थानिय तहको निर्वाचनमा महिला वडा सदस्यका उमेद्वार समेत रहेकी प्रेमकलि विक नेकपामा प्रवेश गरेकी थिईन ।

कार्यक्रममा स्थानिय निकाएको निर्वाचन २०४९ र २०५४ सालमा कम्युनिष्टको तर्फवाट वडामा निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि सांसद देवेन्द्र पौडेलले दोसल्ला ओडाएर सवैलाई सम्मान गर्नुभएको थियो ।कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडिगाड गापा वडा नं. २ का अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चाका भिमसेन बनको सञ्चालनमा सम्पन्न भएको थियो । यस वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको गठवन्धन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend