साझा नेटवर्क
कमल पौडेल, बागलुङ कार्तिक २७।
बागलुङमा बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि हुने उपनिर्वाचनको लागी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को तर्फवाट ढाल प्रसाद शेरचन, नेपाली काग्रेसको तर्फवाट डिल बहादुर राना र समाजवादी पार्टीको तर्फवाट हरिलाल रानाको उमेद्वारी परेको छ।
नेकपाका उमेद्वार ढालप्रसाद शेरचनको प्रस्तावकमा खगिश्वर अर्याल र समर्थकमा राष्ट्रिय जनमोर्चाका प्रेम बहादुर पुन रहनुभएको छ। त्यस्तै नेपाली काग्रेसका उमेद्वार डिल बहादुर रानाको प्रस्तावकमा होसियारसिंह थापा र समर्थकमा प्रेमलाल अर्याल रहनुभएको छ। त्यस्तै समाजवादी पार्टीका उमेद्वार हरिलाल रानाको प्रस्तावकमा शिव बहादुर थापा, समर्थकमा खगि राना रहनुभएको निर्वाचन अधिकृत ध्रुव ढकालले जानकारी दिनुभएको छ।
निर्वाचन कार्यालय बडिगाड गाउँपालिका ५ खार बजारमा आज विहान ११ बजे देखि दिउसो १ बजे सम्म मनोनयन दर्ता गरिएको थियो। उपनिर्वाचनमा बडिगाड गाउँपालिका वडा नं. २ मा एक हजार सात सय ४२ मतदाता सहभागि हुने निर्वाचन कार्यालय बडिगाडले जनाएको छ।
वडा अध्यक्ष विष्णु प्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएकोले निर्वाचन हुन लागेको हो। मनोनयनको समयमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज बलावती शर्मा, तथा नेपाली काग्रेसको तर्फवाट सांसद ज्ञानकुमारी छन्त्याल लगाएतको सहभागिता रहेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend