logo
  • शुक्रबार, असोज ९ २०८३

निर्वाचनमा लाग्न नेताहरुको निर्देशन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ कार्तिक १८ ।
निर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले बडिगाड गाउँपालिका वडा नं. २ मा निर्वाचन परिचालन कमिटिको गठन गरेको छ।

वडा संगठन कमिटि, टोल संगठन कमिटी, विभिन्न जनवर्गिय संगठनको संयुक्त भेलाले वडा संगठन कमिटिका अध्यक्ष खगिश्वर अर्यालको संयोजकत्वमा १ सय ५१ सदस्यिय निर्वाचन परिचालन कमिटिको गठन गरेको हो। त्यस्तै राष्ट्रिय युवा संघ बागलुङका सदस्य हितमान शेरचनको संयोजकत्वमा ८५ सदस्यिय निर्वाचन युवा परिचालन कमिटिको गठन गरिएको छ।

त्यस्तै अखिल नेपाल महिला संघका प्रदेश कमिटि सदस्य हिमा खरेलको संयोजकत्वमा १ सय १ सदस्यिय निर्वाचन अनेम संघ परिचालन कमिटिको गठन गरिएको छ। जसको उपसंयोजकमा गिता पोखरेल रहनुभएको छ। त्यस्तै बावुराम जिसिको संयोजकत्वमा ११ सदस्यिय आर्थिक परिचालन समितिको गठन गरिएको छ। भने तेजिन्द्र बहादुर घर्तिको संयोजकत्वमा ११ सदस्यिय प्रचार प्रसार समितिको गठन गरिएको छ। भेलाले खर्वाङको विच वजारमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्ने, पाार्टीको तर्फ वाट गरिने कार्य समेटिएको घोषणा पत्र तयार गर्ने, कार्तिक ३० गते शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गर्ने लगाएतका निर्णय गरेको छ। सो भेलामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य शुनिल शेरचनले कार्यकर्ताहरुलाई चुनावी अभियानमा खटिन निर्देशन दिनुभएको थियो।

त्यस्तै नेकपा जिल्ला कमिटि कार्यालय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुुसालले सरकारले गरेका राम्रा कामको प्रचार गर्दै भावि कार्यक्रम सहित निर्वाचनमा खटिन नवगठित कमिटिहरुलाई निर्देशन दिनुभएको थियो। कार्यक्रममा वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा लगाएतको सहभागिता रहेको थियो। सो भेला वडा संगठन कमिटिका अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता तथा सदस्य तेजिन्द्र वहादुर घर्तिको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend